सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

ललितपुर चक्रपथ सफाइ तथा सुन्दरता अभियानको १००औं हप्ता पुरा : अभियन्ताहरुले पाए मन्त्रीबाट सम्मान

काठमाडौं । ल्लितपुर चक्रपथ सफाइ तथा सुन्दरताअभियानले आफ्नो सफलताको १००औं हप्ता पुराभएको अवसरमा एक कार्यक्रम गरी सहयोग दाता तथा सफाइ अभियन्ताहरुलाई सम्मान गरेको छ ।
उर्जा,सिंचाई तथा जलश्रोत मन्त्री पम्फा भुसालको प्रमुख आतिथ्य र अभियानका संयोजक लक्ष्मि प्रसाद गेलालको सभापतित्वमा ललितपुर महालक्ष्मिस्थान स्थित डिलाइट पार्टी प्यालेसमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै नेप्सेम्याक सेवा प्रा.लि.का अध्यक्ष टिका दाहाल ले नेपालको फोहर ब्यबस्थापन प्रणालिमा सरकारको तर्फबाट असहयोग भएको टिप्पणी गरेका थिए । अझ काठमाडौं उपत्यकाको सवालमा फोहर ब्यबस्थापनको क्ष्े।त्रमा कामगर्ने कम्पनि र संस्थाहरुलाई झन धेरै चुनौतिहरु रहेको बताए । बिशेष गरी ल्याण्डफिल्ड साईडको समस्या , सेकृकेसन सेन्टरको समस्याले गर्दा कामगर्न असहज भइरहेको उनले गुनासो गरे । स्थानिय सरकार पुरैकामको जिम्मा लिखित रुपमा दिदैन अनि करोडौंको लगानि कसरी फसाउन सकिन्छ ? यदि सहज किसिमको वातावरण तयारहुने हो भने १५ देखि २० प्रतिशत फोहको मात्र बिसर्जन गर्दा हुने बाँकि सबै फोहरको प्रयोग गर्न सकिने पनि उनले जानकारी गराएका छन् ।
कार्यक्रममा अभियानलाई सहयोग गर्ने सहयोग दाता तथा काठमाडौं उपत्यकामा स्वतन्त्र सफाइ अभियान चलाउँदै आएका अभियन्ताहरुलाई सम्मान गरीएको थियो ।
कार्यक्रममा बोल्दै मन्त्री भुशालले यो उपत्यका मात्र नभइ देशनै सफाहुनुपर्छ भन्ने आफ्नो भावना रहेकोले आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता गरीन् ।

भर्खरै

सम्बन्धित खबर

Language »