सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

‘ज्योमो गाङ फिल्म अवार्ड’ को दोस्रो संस्करण बैशाख १ गते क्यालिफोर्नियामा आयोजना गरिने

काठमाडौँ । अमेरिकाको क्यालिफोर्नियामा २०७९ बैशाख १ गते ‘ज्योमो गाङफिल्म अवार्ड’ को दोस्रो संस्करण आयोजना गरिने भएको छ । हुकुम मल्टीमिडिया प्रा.लि.ले बौद्धस्थित याङग्रिमा हिल सिटी होटलमा पत्रकार सम्मेलन गर्दै उक्त जानकारी गराएको हो ।

नेपालको आदिबासी जनजाति मातृभाषामा निमार्ण भएकाचलचित्रको प्रवर्द्धनगर्ने उदेश्यका साथ हुकम मल्टिमिडिया प्रा.लि.ले बिगत केही बर्षदेखी ज्योमो गाङ फिल्म आवार्डको आयोजना गर्दै आईरहेको छ ।

कम्पनीले मिति २०७६ माघ ८ गतेका दिन थाइल्याण्डको पटैया स्थित पहिलो पटक ज्योमो गाङ फिल्म आवार्ड भब्यताका साथ सम्पन्न गरेको थियो । प्रत्येक बर्ष निरन्तर अवार्डआयोजना गर्दै जाने कम्पनीको लक्ष्य रहे पनी बिश्वब्यापी महामारीको रुपलिएको कोभिड १९ का कारण बिचको बर्षहरुमा कार्यक्रमलाई निरन्तरता दिननसकिएको समेत पत्रकार सम्मेलनमा जानकारी गराएको हो ।

अब भने बिस्तारै चलचित्र निमार्ण प्रदर्शन लगाएत बिभिन्न गतिबिधिहरु चलाएमान हुदैँछन । अब सबै तिर सक्रिय गराउदैं चलचित्र क्षेत्रलाई चलायमान बनाउनु आबश्यक छ ।’ हुकुम मल्टि मिडिया प्रा.लि. का अध्यक्ष धन बहादुर बम्जन (डि बि)ले भने । अध्यक्ष बम्जनले नेपालका सम्पुर्ण आदिबासी जनजाति
मातृभाषी चलचित्रकर्मीहरुलाई चलचित्र उपलब्ध गराई सहयोग गरिदिन आव्ह्वान गरेका छन ।

पत्रकार सम्म्लेनमा बोल्दै कलाकार संघका पुर्वमहासचिव एंव अभिनेत्रीसरिता लामिछानेले अवार्ड निष्पक्ष हुनुपर्नेमा जोड दिइन । त्यसैगरी बरिष्ठ चलचित्र निर्देशक ॠषि लामिछानेले यस्तो खालको अवार्डले जनजातीको संस्कार जोगाउन थप टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए ।

कार्यक्रममा बिशिष्ट अतिथीको रुपमा सम्बोधन गर्दै आदिवासी जनजाती चलचित्रमहासंघका अध्यक्ष अमृत सुनुवारले यस्ता अवार्डले मातृभाषाको रक्षाको निम्ती सहयोग पुग्ने बताए ।

त्यसैगरी चलचित्र प्राविधिक संघका अध्यक्ष पुषकर लामाले फिल्म टुरिजममा जोड दिन सरकारसँग आग्रह गरेका छन ।चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले चलचित्र हेर्न दर्शकहरु
हलमा आउनु पर्ने र हलहरु सेफ जोनमा रहेको बताए ।

कार्यक्रममा चलचित्र बिकास बोर्ड,आदिबासी जनजाति चलचित्र महासंघ लगाएत बिभिन्न संघ संस्थाको सहकार्य रहनेछ । त्यसै गरि अमेरिकाको स्थानिय व्यवस्थापनमा द वल्ड नेपाल न्युज र ८८४८ पिक्चर्स डट कम लगाएत बिभिन्न संघ संस्थासँग सहकार्य रहेको छ ।

यस अवार्ड कार्यक्रममा उत्कृष्ट अभिनेता, उत्कृष्ट अभिनेत्री, चलचित्र,निर्देशक, छायांकन,सम्पादन लगायत बिभिन्न १३ बिधामा अवार्ड बितरण गरिनेछ। आदिवासी जनजाती चलचित्र महांघको कार्यालय र हुकुम मल्टिमिडियाको कार्यलयबाट फारम वितरण शुरु गरिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »