काठमाडौँ । जनसाँस्कृतिक महासंघ बागमती प्रदेशको पहिलो महाधिवेशनबाट गायक तथा संगीतकार विश्व दोङको अध्यक्षतामा ५१ सदस्य कमिटी गठन गरिएको छ ।
अध्यक्षमा विश्व दोङलाई सर्वसहमतिमा चुनीएको थियो । गायक तथा संगीतकार विश्व दोङ नेपाल तामाङ कलाकार संघको पनि अध्यक्षमा छन् ।
नेपाल कम्युनिष्ट पार्टी माओवादीको भातृ संगठन जनसाँस्कृतिक महासंघको यो पहिलो महाधिवेशन हो ।