सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्जमा नेपाल र भारतका उर्दू साहित्यकारद्वारा गजल गोष्ठी सम्पन्न


नेपालगन्ज, बाँके जिल्लाको नेपालगन्जमा नेपाल र भारतका उर्दू साहित्यकारद्वारा शनिवार मासिक गजल गोष्ठी महेन्द्र पुस्तकालय नेपालगन्जमा सम्पन्न भएको छ ।


नेपालगन्ज उप–महानगरपालिका वार्ड नं.–८ स्थित महेन्द्र पुस्तकालयको हलमा सम्पन्न गुल्जार–ए– अदब बाँकेद्वारा आयोजितमासिक गजल गोष्ठीमानेपाल र भारतका उर्दू साहित्यकारहरुलेगजल वाचन गरेका थिए ।


सो कार्यक्रममा संबिधान सभा सदस्य सर्वतआरा खानमका पिता नेपालगन्जका निवासी वरिष्ठ उर्दू शायर स्व.फारुक अहमद आरफीले नेपालगन्जमा उर्दू साहित्यकारहरुको जग बसालेका थिए त्यसैले आजको दिनमा उहाँले बसालेको जगलाई अझै बलियो बनाई गुल्जार–ए– अदब बाँकेलाई संबिधान सभा सदस्य सर्वतआरा खानमले धन्यवाद दिदैं उर्दू साहित्यकारको लागी एउटा भवन हुन जुरुरी रहेको छ सो भवन बनाउनका लागी सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

अवधी साँस्कृतिक बिकास परिष्दका अध्यक्ष सच्चिदानन्नद चौवको अध्यक्षतामा सम्पन्न भएको गजल गोष्ठी नेपालगन्जका उर्दू साहित्यकार तथा ईमाम अहमद बिन हम्बल विकास केन्द्रका मौलाना तथा ईस्लाम धर्म गुरु अन्सर नेपालीलेगजल कार्यक्रमको सञ्चालन गरेकाथिए ।
सो गजल गोष्ठी कार्यक्रममा संबिधान सभा सदस्य सर्वतआरा खानम, गुल्जार–ए– अदब बाँकेका अध्यक्षहाजी अब्दुल लतीफ शौक,सचिव मोहम्मद मुस्तफा अहसन कुरैशी,अवधी साँस्कृतिक बिकास परिष्दका अध्यक्ष सच्चिदानन्नद चौवे, अन्सर नेपाली, मेराज अहमद (हिमाल), सभासद् तथा उर्दू साहित्यकार अव्दुल हमीद सिद्दीकी (भोला), इल्लियास अन्सारी, सर्वर नेपाली, जमील अहमद हाशमी, भारतका अन्जुमन शहकारे उर्दू उत्तर प्रदेशका अध्यक्ष शरिक रब्बानी, नानपाराका निवासी रसीद ह्यात, मोहम्मद यूसुफ आरफी, युवा उर्दू साहित्यकार समीर अली बेहना लगायतले “आस्तीनों में भी साँप पाले गये” मिश्ररामा आ–आफना गजल वाचन गरेकोअन्सर नेपालीले बताएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »