सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रकाश लामा र सुमिना लो को आवाजमा तामाङ प्रेम गीत सुटुक्क सार्वजनीक गर्ने तयारी

काठमाडौ । गायक प्रकाश लामा र सुमिना लो को संयुक्त आवाजमा लर्ड बुद्ध इनटरनेशनल कन्स्ट्रक्शनको प्रस्तुती तामाङ प्रेम गीत सुटुक्क (भिडियो) सहित सार्वजनीक गर्ने तयारी रहेको छ ।

भिडियो निर्माण पक्षले यहि शुक्रवार गीतको भिडियो सार्वजनिक गने तयारी रहेको गायकद्धय प्रकाश लामाले जानकारी दिएका हुन् ।

बिलकुलै प्रेमसंग सम्बन्धित रहेको यस गीको शब्द रचनाकार कुमार मोक्तान रहेका छन् भने संगीत जोगलाल लामाको रहेको छ । गायक प्रकाश लामा र गायीका सुमिना लो को सुमधुर आवाज रहेको यस गीतको एरेन्ज चांद सिंले गरेका हुन । गीतको मिक्सिङ भने दिपेश प्रदानले गरेका हुन् ।

गायक प्रकाश लामाले यस अघि तामाङ चलचित्र दोर्जे डन ब्याक अगेनमा ङ्होईला एदा अर्थात बोलाउंछु तिमिलाई बोलको गीतमा आफ्नो आवाज भरिसकेका छन् । तामाङ चलचित्रमा गीत गाईसकेका गायकद्धय प्रकाश लामाले यस गीतमा दोस्रो पटक आफ्नो आवाजमा गीत रेकर्ड गरेका हुन् ।

उर्गेन दोङ र बिकास प्रसाईको संयुक्त निर्देशनमा बनेको यस गीतको भिडियोमा भने तामाङ मेगा स्टार कुमार मोक्तानको साथमा पुर्णिमा लामा र अर्मन दोङ तामाङ को अभिनय रहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »