सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

डुडुवामा नेपाल शिव सेनाको कार्यकर्ता भेला सम्पन्न

नेपालगन्ज, बाँकेको डुडुवा गाउँपालिका १ मा नेपाल शिव सेनाको कार्यकर्ता भेला सम्पन्न भएको छ ।


नेपाल शिव सेना केन्द्रिय कार्यालय नेपालगन्जद्वारा डुडुवा गाउँपालिको वार्ड नं.–१ मा आयोजित कार्यकर्ता भेला नेपाल शिव सेना डुडुवा गाउँपालिका क्षेत्रका प्रमुख गंगासागर वर्माको सभापतित्वमा,नेपाल शिव सेनाका केन्द्रिय अध्यक्ष राज कुमार रौनियारको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा अध्यक्ष राजकुमार रौनियारले हिन्द्रराष्टको संरक्षण गरौं, हिन्दूराष्टलाई बचाउने एकमात्र बिकल्प शिवसेना मात्र होे उक्त भेलामा संबोधन गरेका थिए ।

No description available.

कार्यक्रममा बक्ताहरुले आफ्नो मन्तव्य राख्ने क्रममा अब शिवसेनाका सम्पूर्ण सदस्य र कार्यकर्ताहरुलाई एक सैन्य बनाउने र नेपाललाई पुनः हिन्दु राष्ट्रको लागि सबैजना एकजुट भएर शिवसेनाले नै परिवर्तनको लागि नेपालगन्जबाट आवाज उठाउने र अगाडी बढ्ने बताएका थिए ।

आम नेपालीजनको साथ र सहयाेगमा शिवसेना एक ढिक्का भएर राष्ट्रको निम्ति राष्ट्रवादी र हिन्दुवादी भएर लागेकाे बिगत २६ वर्षदेखि शिवसेना निरन्तर क्रियाशिल रहँदै आएको अध्यक्ष राैनियारले बताउनु भयाे ।


नेपाल शिव सेना केन्द्रिय सचिव शेर बहादुर शाही, नेपाल जनता पार्टीका केन्द्रिय सदस्य रामशंकर माधवदास, समाजसेवी दाताराम कोरीले उक्त भेलामा आ–आफना विचार राख्नु भएको थियो भने नेपाल शिव सेना केन्द्रिय कोषाध्यक्ष मदनराज शर्माले कार्यक्रम सञ्चालन गर्नु भएको डुडुवा गाउँपालिका क्षेत्रका प्रमुख गंगासागर वर्माले जानकारी गारएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »