काठमाडौं । नेपाल तामाङ घेदुङले भवन खरिद गरेको समाचार बाहिरिएसँग सामाजिक संजालमा विभिन्न टिका टिप्पणी हुन थालेको छ ।
यही बिबादास्पद विषयलाई छिनोफानो गर्नका लागि सारा खबरको टिमले विशेष रिर्पोट तयार पारेका छन् ।
नेपाल तामाङ घेदुङको महासचिव बाबु घिसिङले भवन खरिद गरेको नै हो भनेर दाबी गरिरहदा अध्यक्ष मोहन गोलेले भवन किन्ने प्रक्रियामा रहेको बताएका छन् ।
सामाजिक संजालमा आएको समाचारलाई नै आधार मानेर हामीले नेपाल तामाङ घेदुङका केन्द्रीय पदाधिकारीहरुसँग टेलिफोन संवाद गरेका थियौं ।
धेरै केन्द्रीय समितिका पदाधिकारीहरु अनभिज्ञ रहेको हामीले पत्ता लगायौ तर महा सचिव बाबु घसिङ भने घेदुङले भवन किनेको हो भनेर टेलिफोन संवादमा प्रस्टै दावी गरेका छन्।
हेनुस् यो भिडियो रिपोर्ट