काठमाडौं । लामो समयदेखि प्रथम राष्ट्रिय सम्मेलन भनेर प्रचार प्रसार गरीएको माओवादीकोे आठौं राष्ट्रिय महाधिवेशनको उद्याटन समारोह भव्यताको साथ सम्पन्न भएको छ ।
१२९ औं माओ जयन्तिको अवसर पारेर शुरुगरिएको महाधिवेशन पुष १५ गते सम्म चल्ने आयोजकले बताएका छन् ।
कार्यक्रममा प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, एमाले महासचिव शंखर पोख्रेल , माले का सि पि मैनाली , क्रान्तिकारी माओवादी का सि पि गजुरेल , राप्रपा नेपाल बाट कुन्ति कुमारी शाहि , नेकपा समाजवादीका अध्यक्ष माधव कुमार नेपाल , जसपा का उपेन्द्र यादव लगायतको उपस्थिति रहेको थियो ।
उपस्थित सबै नेता हरुले माओवादी देशको एक जबरजस्त शक्ति भएको तथा यसका केहि कृयाकलाप माथि प्रश्नहरु उठेकाले यो महाधिवेशनले ति प्रश्नको हल गर्न सकोस भन्ने शुभकामना दिएका थिए ।
कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले नेपालको राजनैतिक घटनाक्रममा प्रचण्डको महत्वपुर्ण भुमिका रहेको स्विकार गरेका थिए ।
यो महाधिवेशन बाट पार्टीलाई अझ बिकसित रुपमा अगाडी बढाउने गाईडलाईन आउने भन्दै यो भन्दा अगाडी पार्टी बाट कुनै कमजोरी भएको भए त्यो आफुले स्विकारेर शुधार्न तथा जिम्मेवारी लिन आफु तयार भएको माओवादी अध्यक्ष प्रचण्डले बताएका छन् ।
यो महाधिवेशन बाट आउने दस्तावेजमा सब भन्दा बढी आफ्नै आत्म समिक्षा गरेको पनि प्रचण्डले सम्बोधनकाक्रममा बताएका हुन् ।
यो महाधिवेशन पार्टीको निति बदल्न या निर्वाचन आयोगको आँखामा छारो हाल्ने खालको कर्मकाण्डीया मात्र नभएर सिंगो नेपालको चरित्र बदल्ने हैसियतको हुने भएकोले यतिबेला सारा बिश्वको ध्यान माओवादी तिर भएको प्रचण्डको भनाई रहेको थियो ।