सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

करुणामयको पूर्णकदको असाधारण मूर्ति पुनस्र्थापनागर्न पहल गर्दै सम्पदा संरक्षण महाअभियान

काठमाडौं । परापुर्वकाल देखि सांस्कृतिक शहरको रुपमा परिचित काठमाडौं उपत्यकाको मौलिकाता झल्काउने मठ,मन्दिर,पाटी,पौवा,हिटी लगायतका सम्पदाको अतिक्रमण तथा बेवास्था भएको भन्दै यहाँका सचेत नागरिकहरुको अगुवाईमा सम्पदा संरक्षण महाअभियान चलिरहेको छ ।

महाअभियानले पुरिएका हिटीको उत्खनन् गर्ने गराउने देखी भत्किएका पाटी ,पौवा ,मठ,मन्दिरको संरक्षणको लागि आवस्यक पहल गरिरहेको महाअभियानका संयोजक यादवलाल कायस्थ बताउनु हुन्छ ।

“नक्साल स्थित बिहारको करुणामयको पूर्णकदको असाधारण मूर्ति २०३४ साल तिर चोरि भयो,मूर्ति चोरी गरिसकेपछि चोरहरुले बेचविखन गर्न सकेनन् अथवा विदेश लान सकेनन् सोही कारण मूर्ति अलपत्र भएपछि हनुमान ढोका प्रहरी परीसरमा पुग्यो ।त्यत्तिबेला देखि सो मूर्ति बारे खासै सोधखोज भएन अथवा मूर्ति पुनस्र्थापित गर्ने कोशिस भएन ।यस पटक सम्पदा संरक्षण महाअभियानको टोली सो मूर्ति पुनस्थापित गराउन कोशिस गरिरहेको छ” कायस्थ बताउनु हुन्छ ।

अहिले मूर्ति प्रहरी परीसरबाट विधिवत लगी उक्त बिहार मै पुनःस्थापना गर्ने तयारी छ । यसको लागि स्थानीय पूजारी एवं सम्पूर्ण व्यक्तित्वहरु सँग समन्वय भईरहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »