नेपालगन्ज, बाँकेका युवानेता तथा समाजसेवी समशुल हक राई जनता समाजवादी जसपाको लुम्बिनी प्रदेश सदस्यमा चयन हुनुभएको छ ।
पार्टी समायोजना पश्चात भएको अधिवेशनले राईलाई सदस्यमा निर्विरोध चयन गरेको हो । जसपामा राईको बाँकेमा राम्रो पकड छ । राईले राजनीतिसँगै समाजसेवामा पनि सक्रिय हुनुहुन्छ ।