नेपालगञ्ज, नेकपा एमाले बाँकेको आठौं अधिवेशनमा महिलाहरुले नेतृत्वमा दाबी सार्वजनिक गरेको पनि देखिंएको छैन् तर महिला नेतृ कृष्णा कुमारी पाठक भने आफु उप–सचिव पदका लागि दाबी गरेको बताईन् ।
विगत २१ बर्ष देखि पार्टीमा क्रियाशील रहेकी कृष्णा कुमारी पाठकले आफनो उम्मेदारी उपसचिवमा स्वभाविक भएको बताएकी छिन्् । महिलाको नेतृत्वलाई अवसर प्रदान गर्न आफुले उप–सचिवका लागि दावेदारी गरेको बताएकी छिन्् ।
उहाँ पेशाले उद्यमी कृष्णा कुमारी पाठक खेलकुद क्षेत्रमा पनि क्रियाशिल छन् । बाँके जिल्लामैं पहिलो पटक पालिका स्तरीय खेलकुद प्रतियोगिता संचालन गरेर पनि उनले आफनो संयोजन उत्कृष्ट रहेको प्रमाणित गरेकी छन् । उहाँ कक्षा ९ मा पढदै बिद्यार्थीकाल देखि नै राजनितिमा आबद्ध उहाँ २०४६ सालदेखि क्रियाशिल रुपमा पार्टीमा जोडीन पुगिन् । उहाँ पार्टी भन्दा बाहिर बसेर पनि संगठनलाई सक्दो सहयोग पनि गरीन् । जिन्दगीमा धेरै उतार चढाव आए समयसंगै हरेक कुरालाई ब्यवस्थापन गर्नुपरयौ ’उनले भनिन् ,‘ कहिलेकाही बाध्यताले अवस्थाले टाढा पनि बस्नु प¥यौ’ २०४६ सालबाट वडा कमिटीमा सक्रिय हुदै हरेक निवार्चनमा पार्टीलाई विजयी बनाउन आफनो सक्रिय भुमिका निर्भाह गरिन् । २०४६ सालदेखि विद्यार्थी आन्दनेलनमा क्रियाशिल उहाँ २०४९ सालमा अनेरास्ववियुको नेपालगंज क्याम्पसमा सक्रिय भएर काम गरेको अनुभव संगालेकी छन् ।
उहाँ पार्टीको हरेक गतिविधि र कार्यक्रममा सक्रिय सहभागीता जनाउदै पनि आएकी उनी पार्टीको संगठन विस्तारको लागि सक्रिय भएर लागेकी छन् ।
समाजशास्त्रमा स्नातकोत्तर गरेकी कृष्णा कुमारी पाठक हाल जिल्ला कमिटी बाँकेको सदस्य एवं अनेम संघ जिल्ला सदस्य हुन् । नेपालगंज–४ शान्तिटोल (सुर्जीगाँउ)की स्थानीयबासी कृष्णा कुमाी पाठक नेतृत्वमा महिला सहभागिता एउटा महिलाको सफलताका लागि मात्र नभई महिला नेतृत्वको अभ्यासको सुरुवात पनि भएको धारणा राख्छिन् ।
महिलाले गर्न सक्दैन्, समय ब्यवस्थापन गर्न सक्दैनन् भनेर महिलाको क्षमतालाई कम आकलन गर्नु जायज होइन् ’ उहाँले भनिन् ,‘हरेक तह तप्कामा महिला सहभागितालाई जोडदै जानु नै सही मानेमा राजनितिक संस्कार हो ’‘म उप–सचिवका लागि योग्य छु’, महिला नेतृ कृष्णा कुमारी पाठकले भनिन् म सक्षम छु पार्टीलाई संगठित बनाउन मजबुत बनाउन सक्छु’