काठमाडौँ । काभ्रेको तेमाल बृहत सुख्खा ग्रस्त क्षेत्र तथा खानेपानी परियोजनाको अवस्था बुझ्न संघीय सांसद गंगा बहादुर दोङ (बामध्वज) खानेपानी तथा डल निकास व्यवस्थापन विभाग भक्तपुरको प्रमुख राजेन्द्र श्रेष्ठ, जलवायु अनुकुलित बृहत खानेपानी आयोजनाको सिनियर डिभिजनको इन्जिनियर रामेश्वर घिमिरे बसन्त एण्ड चन्द कन्सटक्सनको टिम, पत्रकार, राजनीतिक दलका नेताहरु लगाएतको टिम पौष २३ गते शुक्रबार गएको थियो ।
तेमाल बृहत खानेपानी परियोजना उपभोक्त समितिको कारणले ढिलाइ हुन सक्ने संघीय खानेपानी आयोजना तथा ढल निकास व्यवस्थापन कार्यलय प्रमुख राजन श्रेष्ठले सारा खबरलाई अनुगमनको क्रममा बताउनु भएको छ ।
कोभिड(१९) को कारणले आयोजना सम्पन्न हुन ढिलाइ भएको थियो तर अहिले ठेक्का पाएका चन्द एण्ड वसन्त कन्स्ट्रक्सनले ८० प्रतिशत काम सम्पन्न भएको बताएका छन् । उपभोक्ता समितिले सम्पन्न गर्नुपर्ने १०% काम छिट्टै सम्पन्न गरेमा तेमाल बृहत खानेपानी तत्काल घर घरमा पुग्ने बताएको छ ।
संघीय सांसद गंगा बहादुर दोङ (बमध्वज)ले तत्काल उपभोक्त समितिको अध्यक्ष, सचिव र कोषाध्यक्षलाई बोलाएर तत्काल कार्यन्वयनको लागि पहल गर्न अनुरोध गरेका छन् ।
तेमाल बृहत खानेपानी शुरु भएको दशौं वर्र्ष भएको छ । स्थानीय र संघीय निर्वचनपछि तेमालको जनताले छिट्टै पिउन पाउने आशा गरेको थियो तर कोभिडको कारणले एक वर्ष ढिला भएको थियो । बसन्त एण्ड चन्द कम्पनीले हालसम्म २२ वटा खानेपानी ट्याङ्की निर्माण सम्पन्न भएको जानकारी दिएको छ ।
तेमाल बृहत खानेपानी आयोजनाको शुरुवात गर्नका लागि पूर्व राज्यमन्त्री सुर्य बहादुर दोङ (लालध्वज) संघीय सांसद गंगा बहादुर दोङ (बामध्वज), पर्यटन व्यवसायी तिलक लामा लोप्चन, समाजसेवी चन्द्र प्रसाद पाण्डे लाएत तेमालका विशेष व्यक्तिहरुको योगदान रहेका छन् ।
पौष २३ गते शुक्रबार भएको अनुगमनबाट आयोजनाको ठेक्का पाएको बसन्ट एण्ड चन्द कम्पनीले निर्माण पक्षको सम्पुर्ण सम्पन्न भएको देखिन्छ । अब तेमालको प्रत्येक जनताको घर घरमा धारा जडान गर्ने काम सम्पन्न हुनसाथ पानी पिउन पाउने छन् तर संघीय खानेपानी आयोजना तथा ढल निकास व्यवस्थापन विभाग र तेमाल खानेपानी उपभोक्त समिति बीचको केही विवादका कारण सुनकोशिको पानी तेमालको जनताले उपभोग गर्न अलि ढिला होेला कि भन्ने प्रश्न उब्जेको छ ।
किन भने उपभोक्त समितिको तर्फबाट १० प्रतिशत अनुधानको कार्य बाँकी रहेको छ तर उभोक्त समितिको अध्यक्ष संग्राम जीत तामाङसँग यो विषयमा कुरा गर्दा उहाँले आयोजनाले उभोक्तालाई बलीको बोका बनाउन खोजेको दाबी गर्नु भएको छ । उहाँले भन्नु भएको छ । “पहिलो सम्झौता अनुसार हामीले एक प्रतिशत अनुदानको लागि पैसा जम्म गरेको थियो । पछि ट्याङ्की निर्माण भएको स्थला पनि उपभोक्ता समितिले नै खरिद गर्नुपर्ने भन्नु भयो । हामीले २२ वटा ट्याङ्की निर्माणको लागि आवश्यक जमिन खरिदको लागि पहल गर्यौ तर अहिले फेरि ५० किलोमिटर हामी उपभोक्ता समितिले नै खन्नु पर्ने वा त्यो बराबरको करिब दुई करोड एक्तीस लाख जति पैसा व्यहोर्नु पर्ने हुन्छ । यत्तिबेला हामीले कहाँबाट ल्याउने दुई करोड पैसा ? संघीय खानेपानी आयोजनाले जे भन्यो त्यही मान्नु पर्ने यो कस्तो बाध्यता हो । हामीलाई यो कुराको जानकारी शुरुमा नै भएको भए त्यही अनुरुप व्यवस्थापनमा लाग्ने थियो । अहिले आएर यो हामीलाई समस्यामा पर्ने काममात्र गरेको छ ।”
संघीय सांसद गंगा बहादुर दोङले उभोक्ता समिति र संघीय खानेपानी आयोजना बीचको विवादले तेमालेको जनताले पानी उपभोग गर्न पाउने अधिकारबाट बञ्चित गर्न नपाउने भन्दै जसरी पनि त्यो समस्या समाधान गर्नका लागि अभिलम्ब कुनै विकल्प निकाल्न संघीय खानेपानी आयोजना भक्तपुरको प्रमुख राजेन्द्र श्रेष्ठलाई अनुरोध गरेको छ ।
यसैगरी जलवायु अनुकुलित बृहत खानेपानी आयोजनाको सिनियर डिभिजनको इन्जिनियर रामेश्वर घिमिरेले लामो समयदेखि सम्पन्न हुन नसकेको तेमाल बृहत खानेपानी आयोजनाको काम ८० प्रतिशत पुरा भएको र अब जनस्तरबाट नै थप पहल भएमा यो आयोजनाले छिट्टै पुर्णता पाउने बताएको छ । यसैगरी नेकपा माओवादीको युवा नेता डिएम लामाले आयोजनाले चाडै पुर्णता पाउनेमा विश्वास भएको र उपभोक्त समितिले अलि महत्वका साथ यो योजनालाई हेर्नुपर्ने बताउनु भएको छ ।
बाँकी भिडियो हेर्न नभुल्नु होला ।