नेपालगन्ज, जन कल्याण युवाक्लब सुर्जीगाउँलेबिदाई, सम्मान तथा प्रमाण–बितरण कार्यक्रम शनिवार गरेको छ ।
नेपालगन्जउप–महानगरपालिका वार्ड नं.–१९ बसुदेवपुरको सुर्जीगाउँमा रहेको जन कल्याण युवा क्लबका उपाध्यक्ष दिपेन्द्र जायसवालको अध्यक्षतामा नेपालशिव सेना केन्द्रियअध्यक्ष राजकुमार रौनियारको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा क्लबका २० जनालाई सदस्यता प्रमाण–पत्र बितरण गरिएको थियो ।
सो कार्यक्रममाक्लबको बिधानअनुसार ४० वर्ष नाघेकालाई बिदाई गर्नुपर्ने भएकोले क्लबका रंजीतकुमार बैश्य र सहसचिव बेद प्रकाशजायसवाललाई गम्छा ओढाएर, अबीर लगाई प्रमाण–पत्रप्रदानगर्दै प्रमुखअतिथि राजकुमार रौनियार र क्लबका सल्लाहकार सोहनलालवर्माबिदाई गर्नुभएको थियो ।
यसरीे कार्यक्रममानयाँ सदस्यशोभाश्री बिश्वकर्मा, चन्द्रप्रकाश जायसवाल, मुना राना क्षेत्रीलगायतलाई गम्छा र अबीर लगाएर स्वागत गरिएको थियो । कार्यक्रममा प्रमुखअतिथि राजकुमार रौनियारले अबको समयमा हरेक गाउँ–गाउँमायुवाहरु जागने समय आएको छ र क्लबमा आबद्ध भई बिकास कार्य गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
बिदाई हुनुभएका रंजीतकुमार बैश्य, सल्लाहकार सोहनलाल वर्मा, गोमती प्रसादवर्मा, शोभाश्री बिश्वकर्मा लगायतले
सब भन्दापहिलाआफनो गाउँठाउँलाई सफा सुग्घर, फोहोर रहितबनाऊँ त्यसपछि वडास्तरको सरसफाई अभियानलाई अगाडी बढाऔं ।
अहिले हाम्रो सुर्जीगाउँको विभिन्नगल्लीहरुमा सरसफाई त्यति राम्रोसंग नभएको देखिन्छ,बाहिरको मान्छे गाउँमा आउँछन भने छी छी भन्छन, त्यसकारण अब देखि छी छीनभेर वहा सर्जीगाउँभनेर भनुर भन्ने जस्तो क्लबका सम्पूर्ण युवाहरुले एकभएर लाग्नु पर्नेमाजोड दिएकाथिए ।
क्लबमा आबद्ध मानिष जायसवाल, गौरब जायसवाल, रामगोपाल वर्मा, गगंनदीप गुप्ता, चन्द्रप्रकाश जायसवाल, कृष्ण कुमार गुप्ता,धर्मप्रकाश जायसवाल, दिलिप जायसवाललगायतलाई २० जनालाई सदस्यता प्रमाण–पत्रप्रमुखअतिथि राजकुमार रौनियारले बितरण गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन बेदप्रकाश जायसवालले गरेका थिए भने कार्यक्रममा क्लबका पदाधिकारी, गाउँका गणमान्य व्यक्तित्व, विभिन्न राजनितिक पार्टीकाप्रतिनिधिहरुको उपस्थिति रहेको थियो स्थानीयकालीमाई मन्दिरको धर्मशाला कार्यक्रम सम्पन्न भएको क्लबका सचिव सञ्जय हरिजनले बताएका छन् ।