सिन्धुली । खुर्कोटको दीगो विकास, अर्थतन्त्रको आधार, कृषि, जलश्रोत, पर्यटन र उद्योगको पूर्वाधार भन्ने नाराका साथ आयोजित महोत्सवको आज अन्तिम दिन –यापर मिस्टर डि को जोडदार धमका हुने आयोजक आयाम क्लब सिन्धुलीका अध्यक्ष रिमबहादुर देवकोटा (सुवास)ले बताए ।
महोत्सवमा ५० भन्दा वढी स्टलहरु राखिएका छन् । ती स्टलहरुमा लत्ताकपडादेखि विभिन्न सामानहरु रहेका छन् । महोत्सवमा स्थानीय जुनारलगायतका कृषि उत्पादनलाई निःशुल्क रुपमा स्टल दिइएको आयोजकले जनाकारी दिएको छ।
महोत्सवमा बालबालिकादेखि राष्ट्रियरुपमा नाम कमाउन कलाकारहरुको प्रस्तुतिका साथै मनोरञ्जनका लाागि विभिन्न मनोरञ्जनात्मक व्यवस्था गरिएको छ । बालबालिकाका लागि रोटे पिङ लगाएतका खेलहरुको व्यवस्था गरेको आयोजकले जानकारी दिएको छ ।
महोत्सवलाई आकर्षक बनाउन विभिन्न राष्टिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने बताएको छ ।
महोत्सवमा सहभागी हुनेका लागि टिकटको व्यवस्था गरिएको छ । विद्यार्थीका लागि प्रतिव्यक्ति रु ५० र अन्यका लागि प्रतिव्यक्ति ७५ प्रवेश शुल्क तोकिएको छ । बृद्धबृद्धा एवं अपांग, अशक्तहरुका लागि भने प्रवेश निःशुल्क गरिएको जनाइएको छ । यसअघि गतवर्ष यही मौसममा पहिलो महोत्सव भएको थियो ।
महोत्सवमा सिन्धुलीसहित छिमेकी जिल्लाहरु रामेछाप, ओखलढुंगा, काभ्रेलगायतबाट सहभागी भएका छन् ।
महोत्सवको अन्तिमदिन आज बिभन्न कलाकार हरुको साथमा कार्यक्रम प्रस्तोताको रुपमा मिसन संबृद्ध नेपालको महासचिव तथा संचारकर्मी मिलन दोङ प्रस्तुति रहने छ ।