काठमाडौं । यस्तो संयोग कहिले काहिँ मात्र जुर्ने गर्छ जसले केहि लामो देखि आम जनमानसमा रहेको कौतुहलता र प्रश्नहरुको सम्वाेधन गर्ने प्रयास गर्दछ ।
काठमाडौंको बौद्ध स्थित मःम प्लाजा को हलमा एउटा तामाङ गितको बिमोचन छ भनेर त्यहाँ पुगेका पत्रकार , कलाकार तथा दर्शकहरु कार्यक्रम तोकिएको समयमा सुरु हुन नसकेपछि एक अर्कामा मुखामुख गर्दै खासखुस गरिरहेका थिए ।
खासखुस गर्ने बिषय त्यस कार्यक्रमको आयोजक र प्रमुख अतिथि बिचको संवन्धको रहेको थियो ।
महानायक को बिषयमा लामो समयदेखि चर्चामा रहेका तामाङ चलचित्रका चर्चित नायक अमिर दोङ र कुमार मोक्तान त्यस कार्यक्रमका आकर्षणका पात्र थिए ।
अमिर दोङको टिमले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिको रुपमा तामाङ चलचित्र संघका अध्यक्ष समेत रहेका कुमार मोक्तान आउने बिषयले हलमा निकै चर्चा बटुलेको थियो ।
हलमा प्रमुख अतिथि आउलान् कि नआउलान् भन्ने बिषयमा समेत धेरै थरिका अड्कल काट्न थालिएको थियो ।
निर्धारित समय भन्दा केहि समय ढिला हलमा प्रमुख अतिथिको रुपमा तामाङ चलचित्र संघका अध्यक्ष समेत रहेका कुमार मोक्तानको प्रवेश भए संगै धेरै प्रश्नको उत्तर आएको पत्रकार , कलाकार तथा दर्शकहरुले आभास गरीसकेका थिए ।
नमोबुद्ध डटकमका संचालक तथा तामाङ पत्रकार संघ भक्तपुरका सचिव छेडुप दोङले संचालन गरेको धिरज लोप्चनको “टिउ ह्या रानी”बोल को तामाङ प्रेम गितको बिमोचन कार्यक्रम को शभापतित्व डम्फु मिडियाको सन्चालक अमिर दोङ र प्रमुख आतिथ्य तामाङ मेघा स्टार तथा तामाङ चलचित्र संघका अध्यक्ष कुमार मोक्तानको रहेको थियो ।
मम्स नेपालको संचालिका तथा मिस तामाङको निर्देशक रहेकि नायीका रन्जिता ब्लोन, तामाङ पत्रकार संघका केन्द्रिय सदस्य तथा सारा खवर डटकम का सन्चालक मिलन दोङ, तामाङ पत्रकार संघ भक्तपुरका अध्यक्ष तथा मिसन संबृद्ध नेपालका अध्यक्ष , तेमाल अनलाईनका कार्यकारी सम्पादक सुदिन दोङ लगाएतको आतिथ्य र बिभिन्न बिधाका कलाकार , पत्रकारहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा आफ्नो मनतब्य राख्दै तामाङ पत्रकार संघ भक्तपुरका अध्यक्ष तथा मिसन संबृद्ध नेपालका अध्यक्ष , तेमाल अनलाईनका कार्यकारी सम्पादक सुदिन दोङ तथा तामाङ पत्रकार संघका केन्द्रिय सदस्य तथा सारा खवर डटकम का सन्चालक मिलन दोङले तामाङ भाषमा आएका म्युजिक भिडियोमा हुने गरेका केहि त्रुटिहरुको बारेमा आफ्नो धारणा प्रस्तुत गर्नुका साथै नायक द्वय अमिर दोङ र कुमार मोक्तानलाई एउटै मञ्चमा देख्न पाउनु एउटा अचम्म समेत भएको टिप्पणि गरेका थिए ।
कार्यक्रममा शुभकामना मनतब्य राख्दै मम्स नेपालको संचालिका तथा मिस तामाङको निर्देशक रहेकि नायीका रन्जिता ब्लोनले यो कलाकारीता र फिल्म क्षेत्र भन्दा बाहिर रहेकाहरुलाई यो क्षेत्रको टिका टिप्पणी गर्न सजिलो हुने तर यस क्षेत्रमा रहेर कार्यब्यबस्थापन गर्न र जिवन धान्न कति गाह्रो छ भन्ने थाहा नहुने हूँदा बास्तबिकतालाई समेत अध्ययन गरेर धारणा बनाउन आग्रह गरेकी थिईन् ।
कार्यक्रममा उठेका धेरै प्रश्नहरुको साधारण भाषामा जवाफ दिँदै प्रमुख अतिथि तामाङ मेघा स्टार तथा तामाङ चलचित्र संघका अध्यक्ष नायक कुमार मोक्तानले बजारमा हल्ला गरेजस्तो नायक अमिर दोङ संग पानि बाराबार को अबस्था नरहेको जिकिर गरे । तामाङ पत्रकारहरुलाई समेत उनले तामाङ कलाकारहरुको अस्तित्वको बारेमा बहस चलाउन अनुरोध गरेका थिए । महानायकको मुद्दामा भने उनले तामाङ कलाकार लाई उचालेर पछार्ने काम भएको भन्दै महानायक कुनै संस्थाले भन्दापनि आम दर्शकले घोषणा गर्नु पर्नेमा जोड दिएका थिए । महानायक हुने काम हामिले गर्यौं कि गरेनौ भनेर पहिला हेर्नुपर्ने भन्दै उनले आफ्नै मोबाईलमा भिडियो खोलेर यसमा म पनि छु भनेर चिनाउनु पर्ने बाध्यता रहेको तामाङ गित संगीत बजारमा यि उपाधिका पछाडि दौडनु भन्दापनि भबिश्यको चिन्ता गर्नु आजको आवश्यकता रहेको उनको धारणा रहेको थियो ।
शन्तोष गोले र जितु लोप्चनको स्वर ,धिरज लोप्चनको शब्द ,च्वाईस दोङ को संगीत ,दिपेश प्रधानको मिक्सिङ र एरेन्ज रहेको “टिउ या रानी”बोल को तामाङ प्रेम गित दिप स्टुडियोमा रेकर्डिङ गरीएको हो ।
बज्र न्यासुरको छायांकन / कलरीङ , अमिर दोङ को निर्देशन / सम्पादन रहेको यो गितमा अमिर दोङ, शुस्मा मोक्तान , टिकाराज तामाङ को अभिनय रहेको छ ।
यो गित डम्फु सुपर स्टार मिडिया को अफिसियल यु ट्युब च्यानल बाट सार्वजानिक गरीएको छ ।
भिडियो सहित