नेपालगन्ज, जनता समाजवादी पार्टी बाँके कार्यालयको पार्टी कार्यालय सारिएको छ । जसपा बाँकेका अध्यक्ष कमरुद्दिन राईका अनुसार जिल्ला समन्वय समितिस्थित रंगशाला नजिकै सारिएको हो ।
यसअघि पार्टी कार्यालय इदगह रोडमा थियो । त्यहाँ पार्किङको असुविधा भएपछि रंगशाला नजिकै सारिएको हो ।
आसन्न स्थानीय तहको निर्वाचनमा कार्यकर्ताहरुको भीडभाड बढी हुने र पार्किङमा असहजता हुने भएपछि कार्यालय सारिएको राइको भनाइ छ । जनता समाजवादी पार्टी बाँकेले ६ कोठामा पार्टी कार्यालय खोलेको छ ।