डि.बि.पराजुली ( सुरज )
बगलीभरी आमाले भुटेको
मकै भटमास राखेर
तुना छिनेको चप्पललाई
टुकिको साहरामा
तिन ठाउँ गाँस्दै
खोकको पाखो
र
तलबिसेको ढाँड बाट
एक डोको घाँस
घरमा ल्याईदिएर
हतार हतारमा
पँधेरा चौरको
स्कुलमा गएर
क ख पढेको मान्छे हुँ ।
मलाई संघर्षको कथा
नपढाए पनि हुन्छ
महोदय ,
घपलक्क टोपि लगाएर
मधुरो बत्तिमा
चिप्लेटी खेलेझैं
दमै खोला र भैंसे खोलामा
लड्दै गर्दा
उठाएर क्रान्तिको बाटोमा
अगाडी बढाउने
कोईराला भिनाजु
अझै जिउँदै हुनुहुन्छ ।
त्यहिँ गएर सोधे हुन्छ
मेरो राजनैतिक ईतिहाँस
झुक्याएको छैन मैले
त्यसैले
तिम्रा राजनैतिक कथाले
कत्तिपनि प्रभाव पार्दैन मलाई
म जे छु
ठिकै छु
तिम्रो सदासयता बिना पनि
बाँच्न सक्छु
तिमि बिना पनि
निरन्तर अगाडी बढीरहन्छ
मेरोकथा
बिचार गर मित्र
जसले जे भने पनि
मेरो कथाको हिरो मै हुँ
या भिलेन पनि मै हुँ
तिमि त
गोरेटोमा भेटिएका
सहयात्री हौ
दोबाटोमा पुगे पछि
छुटीन सक्छौ ।
फेरी पनि
मेरो कथा अगाडी बढीरहन्छ
मेरो कथा अगाडी बढीरहन्छ ।