सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

गोर्खा बियरको बोतलभित्र अखाद्य पदार्थ भेटीयो :भिडीयो सार्वजानिक नगर्न विज्ञापनको अफर


काठमाडौं । बाराको निगगढ गोर्खा बु्रअरी कम्पनीबाट उत्पादित गोर्खा स्ट्रोङ्ग वियर भित्र अखाद्य पदार्थ भेटिएको भन्दै आज आमनेपाली टेलिभिजनले रिपोर्टस क्लव काठमाडौंमा सबुत प्रमाण सहित पत्रकार सम्मेलन गरी प्रमाण सार्वजनिक गरेको थियो ।
केही समय अगाडी बाराको निजगढ नगरपालिका वडा नम्बर ७ स्थित श्री शुभम् गेष्ट हाउस एण्ड होटलमा विक्री वितरण गर्न राखिएको वियर भित्र अखाद्य पदार्थ भेटिएको थियो ।
वियर भित्र अखाद्य पदार्थ भेटिएको जानकारी पाउँन साथ आमनेपाली टेलिभिजनको कार्यक्रम मिसन भण्डाफोर टिम उक्त होटलमा पुगेको थियो ।
होटलमा विक्रीका लागि राखिएको १ कार्टुन वियर मध्ये बाँकी रहेका एक बोतल वियरमा अखाद्य पदार्थ भेटिएको मिसन भण्डाफोरका कार्यक्रम सञ्चालक दिपेन्द्र ढकालले जानकारी दिनुभयो ।
नेपालमा वर्षेनी वियरको बजार हिस्सा २० देखि ३० प्रतिशत सम्म बढ्दै गएको छ । सरकारको गतिलो आम्दानी गर्ने राजस्व स्रोत मद्यिरा जन्य उत्पादन पनि हो । प्रत्येक आर्थिक वर्षमा सरकारले यो क्षेत्रबाट ७५ अर्व भन्दा बढी राजश्व उठाउने गरेको छ । यसरी वियर खपद बढ्नुका कारण युवा पुस्ताको वियर प्रतिको बढदो आकर्षण साथै पर्यटन आगमनमा भएको बृद्धि मुख्य कारण रहेको छ । नेपाल करिब ५६ प्रतिशत बजार हिस्सा ओगटेको गोर्खा बु्रअरी कम्पनीले करिब ९० लाख वियर उत्पादन गर्दछ ।
मिसन भण्डाफोर टिम निजगढको शुभम् गेष्ट हाउस एण्ड होटलमा पुगी त्यहाँका संचालक र वियर अर्डर गर्ने ग्राहकसँग भेट समेत गर्नु भएको थियो । यस विषयमा जनकपुर प्रदेशको प्रतिनिधित्व गर्ने गोर्खा बु्रअरीको प्रतिनिधिसँग कुरा गर्दा चित्त बज्दो जवाफ नदिई उल्टै आर्थिक वार्गेनिङ्ग गरेको ढकालले बताउनु भयो ।
कार्यक्रममा आम नेपाली टेलिभिजनका अध्यक्ष राजकुमार हुमागाँईले विकृति र विसंगतिको विरुद्धमा सबै मिडियाकर्मीहरुले हातमा हात र काँधमा काँध मिलाएर जानु पर्ने बताउनु भयो ।
उहाँले गल्ती गर्ने जो कोहीलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने भन्दै खाद्य पर्दाथमा अखाद्य वस्तुको मिसावाट रोक्न सबै मिडियाहरुको आवश्यक रहेको हुमागाईले बताउनु भयो ।
गोर्खा बु्रअरीले आर्थिक वार्गेनिङ्ग गरेर गोर्खा बु्रअरीले जिम्मेवारी रुपमा प्रस्तुत नभएका कारण आमनेपाली टेलिभिजनले पत्रकार सम्मेलन गरेको हो । स्वास्थ्य जस्तो संवेदनशिल विषयमा गोर्खा बु्रअरीले गरेको खेलवाड नरोकिने हो भने आगामी दिनहरुमा पनि यस्तो घटनाहरु भने नदोहोरीएला भन्न सकिँदैन् । मानिसको स्वास्थ्यसँग कसैले पनि खेलवाड गर्न पाउँदैन् । यस्तो कार्य गर्नेलाई हदै सम्म कारवाही हुन जरुरी रहेको छ ।

vedio

भर्खरै

सम्बन्धित खबर

Language »