सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नाम्गेल ज्याङछ्युब छ्योलिङ गुम्बाको प्राणप्रतिष्ठान तथा समुद्घाटन कार्यक्रम सम्पन्न

काठमाडौँ । नाम्गेल ज्याङछ्युब छ्योलिङ गुम्बाको प्राणप्रतिष्ठान तथा समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ । माघ २७ र २८ गते बौद्ध तिनचुलीमा कपन गुम्बाका खेनरिन्पोछे गेसे थुप्तेन छ्योनी र परम पुज्यनीय गुरु टुल्कु लोसाङ नाम्ग्याल रिन्पोछेको सानिध्यतामा धार्मिक अनुष्ठान सहित गुम्बाको प्राणप्रतिष्ठान तथा समुद्घाटन सम्पन्न भएको छ ।

कार्यक्रमको पहिलो दिन लामा गुरुहरुद्धारा अध्यामिक शक्ति द्वारा ज्ञान काय बुद्ध आव्हान गरी निर्माण सम्पन्न गुम्बाको जीवन्यास ९प्राण प्रतिष्ठान० गरेका थिए । दोस्रो दिन विधिवत् रूपमा गुम्बा समुद्घाटन पश्चात् गुम्बा निर्माणमा साथ सहयोग गर्ने संघ संस्था तथा व्यक्तिहरूलाई सम्मान गरेको थियो । संस्थागत रूपमा बौद्धनाथ क्षेत्र विकास समिति, बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति, नेपाल बौद्ध महायान केन्द्र, बौद्ध जागरण केन्द्र, नाम्ग्याल रिन्छेन मणि छोक्पा लगायतलाई सम्मान गरेको थियो । त्यसै गरी व्यक्तित्व तर्फ माननीय संसद बागमती प्रदेश छिरिङ दोर्जे लामा, कमला भज्यु, खेन्पो सर्वजित् गोङ्मा, रत्नबज्र लामा, सुर्यबज्र लामा, ग्याल्छेन लामा, विनोद लामा, कृष्णबहादुर लामा, सूर्य लामा, पूर्णसिंह लामा, सोनाम लामा, जयराम श्रेष्ठ, राजेश चित्रकार, सानुमाया योञ्जन लगायतलाई सम्मान गरेको थियो ।

गुम्बाका लागि बौद्ध, तिनचुली निवासी सुश्री कमला भज्युद्धारा १ रोपनी ४ आना ३ पैसा २ दाम क्षेत्रफलको जग्गा गुम्बा निर्माणको लागि २०६६ सालमा लोसाङ नाम्ग्याल रिन्पोछेलाई दान चढाएका थिए । त्यसपश्चात् बौद्ध जागरण केन्द्रको अग्रसरता र धार्मिक श्रद्धावान् महानुभावहरूको सक्रियतामा थप १० आना २ दाम क्षेत्रफलको जग्गा २०७१ सालमा खरिद गरेको थियो ।

गुम्बा परम पुज्यनीय गुरु टुल्कु लोसाङ नाम्ग्याल रिन्पोछेको परिकल्पना अनुरूप बौद्ध दर्शन, शिक्षा र धर्मको संरक्षण प्रवर्द्धन गर्नको लागि २०६७ सालमा बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिमा दर्ता भएको हो । गुम्बा विकास समिति अन्तर्गत रिमे सम्प्रदायमा दर्ता भएको उक्त गुम्बा एक मात्रा गुम्बा हो ।

गुम्बाले आफ्नो स्थापना कालदेखि नै उद्देश्य अनुरूप धार्मिक कार्यक्रम लगायतका गतिविधिहरू संचालन गर्दै आइरहेको छ । गुम्बामा २०७३ साल देखि विभिन्न जिल्लाका पच्चीस जना भिक्षुहरूलाई गुम्बा शिक्षालाई अघि बढाउन अध्यापन समेत गरिरहेको छ ।

अस्थायी संरचनामा सञ्चालित गुम्बा २०७५ कार्तिक ९ गते विधुत सट सर्किटको कारण आगलागी भएको थियो । आगलागीमा प्रार्थना भवन लगायत थुप्रै सामग्री जलेर ठूलो क्षति व्यहोरेका थिए । त्यसपश्चात् २०७५ माघ देखि गुम्बाको भूमिपूजा गरी निर्माण कार्यको प्रारम्भ भएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »