सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगञ्ज वडा नं ४ को अध्यक्षमा बिरेन्द्र कुमार रावतको को वडा अध्यक्ष उम्मेदवारी घोषणा

नेपालगञ्ज , २०७९ बैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति घोषणा भएपछि राजनीतिक बृत्तमा उम्मेदवारहरुको चर्चा शुरु भएको छ ।

राजनीतिक दलका नेताहरुमा चुनावी सरगर्मी सुरु हुँदा नेपालगञ्ज उपमहानगरपालिकाको मेयर लगायत वडा अध्यक्ष पदमा पनि विभिन्न व्यक्तिहरुको चर्चा परिचर्चा सुरु भएको छ ।

No description available.


नेपालगञ्जको वडा नम्बर ४ मा राप्रपाका युवा नेता बिरेन्द्र कुमार रावतले वडा अध्यक्षमा उम्मेदवारी दिने चर्चा बढेको छ । आगामी स्थानीय तहको निर्वाचनमा रावतलाई वडा अध्यक्ष पदमा उम्मेदवारी दिन नागरिक स्तरबाट दबाब आउन थालेको छ ।

No description available.

राप्रपाको बिद्यार्थी संगठन हुँदै पार्टीगत राजनीति ४ कार्यकाल जिल्ला सदस्य पदमा बसेका रावत नेपालगञ्जका मेयर डा. धवल शमशेर राणासँग नजिक भएर कार्य गर्दा जनताको मनमस्तिष्क र ह्रदयमा बस्न सफल भएको नागरिकहरु बताउँछन् ।

No description available.

स्थानीय नागरिकहरु भन्छन्, ” युवा नेता रावतले पार्टीप्रति गरेको योगदान र मेयरको स्वकीय सचिव पदमा बसेर वडा नम्बर ४ को बिकासे काममा समेत धेरै टेवा पुर्याएको हुँदा अब उनी नै वडा अध्यक्ष लड्न तयार हुनुपर्दछ।”

No description available.

सबैसँँग मिलेर एकताको सन्देश दिने युवा नेता रावत एक बौद्धिक व्यक्ति समेत हुन् । बिद्यार्थी संगठनका विभिन्न पदमा बसेर राजनीति गरेका युवा नेता रावत आफुले चुनाव जिते वडामा बर्तमान अध्यक्ष मो। सफिक बेहनाझै डटेर कार्य गर्दै नमुना वडा बनाउने बताए।

No description available.

रावतलाई वडा अध्यक्ष बनेको देख्न उत्साहित रहेको वडाबासीहरु बताउँछन् । वडा अध्यक्ष पदमा उठ्न जनताको दबाब धेरै रहेको बताउँदै पार्टीले टिकट दिए आउने स्थानीय तहको निर्वाचनमा नेपालगञ्ज उपमहानगरपालिकाको वडा नम्बर ४ को वडा अध्यक्ष पदका लागि चुनाव लड्ने उनले बताए ।

No description available.

आगामी निर्वाचनमा उनले आफ्नो उम्मेद्वारीको विषयमा खुलेर प्रकट नगरेपनि भित्री इच्छा भने अध्यक्ष नै रहेको कार्यकर्ताहरु बताउँछन् । “निःशर्त एक कार्यकाल रावतलाई नै वडा अध्यक्ष पदमा निर्वाचित गराउनुपर्छ । राप्रपाले उनलाई टिकट दिनु उपयुक्त हुन्छ ,”स्थानीय भन्छन्, ।

भर्खरै

सम्बन्धित खबर

Language »