नेपालगन्ज , नेपाली कांग्रेस बाँकेका युवा नेता विमल कुमार चन्द भेरी अस्पताल विकास समितिको सदस्यमा मनोनित भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चन्दलाई तीन वर्षको लागि भेरी अस्पताल विकास समितिको सदस्य पदमा मनोनित गरेको हो ।
कोटमौला–५ सल्यान स्थायी ठेगाना भएका चन्द हाल नेपालगन्जमा बस्दै आएका छन् । नेपाल तरुण दल बाँकेका सह-सचिव चन्द काँग्रेसको क्षेत्रीय प्रतिनिधि हुन् ।
कोरोना महामारीको बेला अक्सिजन व्यवस्थापन तथा भेरी अस्पतालभित्र संचालित अन्जनी माता रसोई घरमा बिरामीलाई खाना व्यवस्थापनमा खटिएर चन्दले उत्कृष्ट सेवाभाव देखाएका थिए ।