सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

चर्चित लोक गायक जयनन्द लामाको निधनले रंगमञ्च क्षेत्र स्तब्ध

काठमाडौँ । तामाङ चलचित्र “सेमला छोरङन” निर्माण गरेर तामाङ समुदायलाई चिनाउन अमुल्य योगदान दिएका चर्चित लोकगायक जयनन्द लामाको निधन भएको छ । बुधबार बिहान निधन भएको हो।

सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका– २ धार्पाका लामाको आज बिहान भक्तपुरस्थित कौशलटारमा निधन भएको हो।

पाँच दशकअघि गायन यात्रा शुरू गरेका ख्यातिप्राप्त लोकगायक, संकलक, अभिनेता, निर्माता तथा निर्देशक जयनन्द लामाको निधन भएको हाँस्य उहाँका परिवारजनले जानकारी दिएको हो।

मंगलबार राति बौद्धबाट घर फर्किएका लामा गाडीबाट झर्ने बेला लडेका थिए। आफ्नै घर अगाडि कारबाट ओर्लदै गर्दा लडेर मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

ुराति बौद्धबाट फर्किएका थिए। आफ्नै घर अगाडि कारबाट ओर्लदै गर्दा लडेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ’, महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु पाण्डेले भने।

पाण्डेका अनुसार घर परिवारले राति २ बजेतिर गाडीको आवाज सुने पनि बिहानमात्र उठेर हेरेका रहेछन्।

‘घर परिवारले राति २ बजेतिर गाडीको आवाज सुने सुनेका थिए। तर राति उठेर हेरेका रहेनछन्। उहाँ लडेको बिहानमात्रै थाहा भएको हो। एउटा खुट्टा कारमा थियो। जिउँ भुइँमा लडिरहेको थियो। अल्झिए जस्तो देखिन्छ। टाउकोमा चोट लागेको देखिन्छ,ु प्रनाउ पाण्डेले भने।

लामाका कलकत्ते काइँयो केश मेरो बाँगो, पानी पर्‍यो बलेसी, हेलम्बु डाँडापारि, मेरो माया छ भने त्यता, लौन हजुर के गरौं नक्कलीलाई पातलीलाई कसरी बे गरुँ, चुईं चुईं चुइँकने जुत्ता, केको साँचो डल्ली रेशम फलामको साँचो, पानको पात, सलल पानी यही बस्यो बानी आँखैमा गाँजलु काखैमा मादलुजस्ता दर्जनौं लोकगीत अहिले पनि उत्तिकै लोकप्रिय छन्।

एक सयभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका लामाले २०३० सालमा मनको बाँध चलचित्रमा पहिलो पटक अभिनय यात्रा सुरू गरेका थिए।

पछिल्लो समय हाँस्य टेलीश्रृंखला हल्का रमाइलोमा उनले अभिनय गर्दै आएका थिए।

भोलि १२ बजे देखि १ बजेसम्म प्रज्ञाप्रतिष्ठान कमलादीमा शोक सभा मनाएर मात्रै स्वयम्भुमा दह संस्कार गरिने जानकारी प्राप्त भएको छ ।

चर्चित लोक गायक कलाकार जयनन्द लामाको निधन प्रति नेपाली कलाकारहरुले सामाजिक संजालको माध्यमबाट शोक व्यक्त गरेका छन् । हास्य कलाकार दिपक राज गिरिले यसरी लेखेको छ ।
“ज्वाँइले बहिनी कुटेछ१ राम्रो ,असाध्यै राम्रो , तर कुटेको अलि मिलेनछ,
त्यहि भएर मान्छे कसरी कुट्ने भनेर सिकाउनु आएको‘”
यस्ता थुप्रै लोकप्रिय संबाद ले म उहॉलाइ सम्झिरह्न्थे , सम्झिरहनेछू१
हरेक भेटमा “ दीपक भाइ गायकको रूपमा त मेरो एउटा परिचय थियो तर अभिनयले त मलाइ घर घरमा पुर्यायो “ उहॉ खुशि हूदै भन्ने गर्नु हुन्थो१
साथै उहॉले हास्ने एउटा गज्जबको शैली थियो उहॉ संग
जुन हामिले चलचित्रमा पनि प्रयोग गर्यौ,
उहॉको त्यो हॉसो सुनेपछि एउटा छुट्टै माहौल नै बन्थ्यो‘
त्यो अजिबको हॉसो अनि उहॉका रसिक कुराहरू, सकारात्मक सोच र त्यो बिन्दासपना ‘‘।
जीबन ,बगैचामा फूलेको फूल जस्तै हो फूले पछि झर्नै पर्छ तर सम्झनाका फॉटहरूमा उहॉ संग बितेका हरेक पलहरू सधै फुलि नै रहने छन् ११
छक्का पन्जा ४ मा दाइ संग काम गर्ने सपना पनि अधुरै रह्यो,संसारको यो तीतो यथार्थलाइ स्विकार्न नचाहेर पनि स्विकार्नै पर्दो रहेछ१
आदरणीय गायक तथा कलाकार जयनन्द लामा दाइ प्रति ह्रदय देखि नै हार्दिक श्रद्धांजली अर्पण गर्दछू ‘।

भर्खरै

सम्बन्धित खबर

Language »