सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कतारको कानुन उल्लंघन हुने काम नगर्न कतारमा रहेका सम्पूर्ण नेपालीहरुमा एनआरएनए कतारको अपिल (अपिलसहित)

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रीय समन्वय परिषद (एनसिसी) कतारले कतारको कानुन उल्लंघन हुने काम नगर्न कतारमा रहेका सम्पूर्ण नेपालीहरुमा अपिल गरेको छ ।

एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले एक अपिल जारी गर्दै नेपालीहरु वैदेशिक रोजगार तथा ब्यवसायिक उद्देश्यका लागि बिश्वको विभिन्न मुलुकमा छरिएर रहेका छौ।

त्यसै अनुरुप रोजगारी तथा ब्यवसायको लागि आकर्षण र सुरक्षित गन्तब्य मुलुक कतारमा समेत धेरै संख्यामा नेपाली दाजुभाई दिदिबहिनी रहेको उल्लेख गरेका छन् ।

अपिलमा नेपाल र कतारकाबीच रहेको पारस्परिक सम्बन्धका कारण आज हामी जहाँ उज्ज्वल भबिस्यको सपना लिएर कतारमा कार्यरत रहेको र हामी जुन देशमा रहन्छौ सम्बन्धित देशको कानुनलाई मर्यादाका साथ पालना गर्नु हाम्रो कर्तव्य भएको र यदि यहाँ बसोबास गर्दा र कामकाजको सिलसिलामा कथमकदाचित समस्या परेमा समस्याको समाधान र निकासका लागि सम्बन्धित निकायबाट नियम संगत प्रक्रियामा जानु हामी सबैको दायित्व भएको उल्लेख गरिएको छ ।

‘हाल केही दिनदेखि सामाजिक संजाल मार्फत नेपाली श्रमिकहरुद्वारा कतारको कानुनु उल्लंघन हुने गरि गरिएका गतिबिधिहरु सार्बजनिक भएपछी गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको ध्यानाकर्षण भएको र यस्ता गतिविधिहरुले नेपाली समाज र नेपाली श्रम बजारमा समेत असर पर्ने र स्थानीय कानुनको पनि उल्लंघन हुने र सो का लागि सजायको भागिदार बन्नुपर्ने अवस्था आउने हुँदा यस्ता गतिविधिमा संलग्न नहुन सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार हार्दिक अनुरोधका साथै अपिल गर्दछ’, अपिलमा छ ।

भर्खरै

सम्बन्धित खबर

Language »