नेपालगन्ज, नेपालगन्ज उप–महानगर पालिका वडा नम्बर १८ बाँकेको वडा अध्यक्षमा सानु बर्माले उम्मेदवारी घोषणा गरेका छन् ।
नेपाली काँग्रेस पार्टीको तर्फबाट वडा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका बर्माले वडाबासीको लागि थुप्रै कामहरु गरेको बताउँदै आफुले नमुना वडा बनाउने बताएका छन् ।
जनतालाई व्यक्तिगत सेवा गरी रहेका बर्माले सबैसँँग मिलेर एकताको सन्देश दिने छवि बनाएकाले विकास पे्रमी सहित एक बौद्धिक व्यक्तित्व भएको हुँदा वडा अध्यक्षमा उठ्न जनताको दबाब धेरै रहेकाले काँग्रेसले टिकट दिए आउने स्थानीय तहको निर्वाचनमा चुनाव लड्ने बताएका छन् ।