काठमाडौं । नेकपा माओवादी केन्द्र का केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोकका युवा नेता माधव सापकोटा (सुबोध) ले माओवादी केन्द्रले पछिल्लो समय एमसिसि ले पेश गरेको सम्झौतापत्र नेपाल र नेपालीको हितमा नभएको बताउनु भएको छ ।
आज सिन्धुपाल्चोक – काठमाडौं सम्पर्क समन्वय समितिको प्रथम पुर्ण बैठक तथा सहिद र बेपत्ता परिवार लाइ सम्मानगर्ने कार्यक्रममा बोल्देै नेता सापकोटाले सो कुरा बताउनु भएको हो ।
सिन्धुपाल्चोक – काठमाडौं सम्पर्क समन्वय समितिको अध्यक्ष जयराम आचार्य को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा माओवादी केन्द्र का केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोकका युवा नेता माधव सापकोटा (सुबोध), बिषेश अतिथि नेकपा माओवादी केन्द्र का बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेल , नेकपा माओवादी केन्द्र सम्पर्क समन्वय समिति बिषेश प्रदेश अध्यक्ष श्रीकृष्ण अधिकारी (बिबेक,)नेकपा माओवादी केन्द्र सम्पर्क समन्वय समिति बिषेश प्रदेश सदस्य टोपनाथ सापकोटा, ठुलोबाबु श्रेष्ठ ,बयान बहादुर कार्की , महेन्द्र घोरासैनी , श्याम श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै नेता सापकोटाले अहिले आम नागरिकमा भ्रम फैलाउने किसिमले जुन कुरा राजनैतिक बजारमा हल्ला चलेका छन् ति सबका सब कपोकल्पित र माओवादीलाई तल झार्न खेलिएको षडयन्त्र भएको बताउनु भएको छ ।
नेता सापकोटा भन्नुहुन्छ “माअोवादी केन्द्रले न हिजो एमसिसि ठिक भनेको थियो न आज भन्छ ,साबिककै अबस्थामा लागु गर्ने हो भने यो नेपालको हितमा हुनै सक्दैन ” ।
रणनैतिक हिसाबले पार्टी लाई बचाउन नेतृत्वले ब्याख्यात्मक टिप्पणी सहित यो अनुमोदन गर्नु परेको तथा पार्टीले गरेको टिप्पणी भन्दा बाहिर जान खोजे आम नागरिकको बिचमा गएर यसको बिरुद्धमा जाने नेता सापकोटाले बताउनु भयो ।
कार्यक्रममा सहिद सप्ताह अन्तरगत सहिदको आँगनीमा पुग्ने अभियानमा छुट्नु भएका सहिद परिवारलाई नेता सापकोटाले सम्मान समेत गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समितिका पुर्व अध्यक्ष तथा बिषेश प्रदेश समिति सदस्य ठुलो बाबुश्रेष्ठले १४ बर्ष देखि बचाउँदै र पार्टीको पुरक संगठनको रुपमा कामगर्दै आएको यो संगठनको साख गिराउने काम कोहि कसैबाट भए सैह्य नहुने बताउनुभयो ।
यो कार्यक्रमको संचालन सिन्धुपाल्चोक – काठमाडौं सम्पर्क समन्वय समितिको सचिव तोक बहादुर गधराज ( तोकेन्द्र ) ले गर्नु भएको थियो ।