काठमाडौँ । मम्स इन्टरनेश्नल नेपालको आयोजनामा फागुन २१ गते राष्ट्रिय सभागृहमा समानुपातिक सांसद नविना लामाको प्रमुख आतित्थ्यतामा मिस तामाङ २०२२ सम्पन्न भएको छ ।
सोलुखुम्बुको रञ्जना तामाङ स्याङबोले १४ औं सस्करण २०२२, मिस तामाङको ताज पहिरिन सफल भएको छ । १७ जना प्रतिस्पर्धीहरु मध्यमा एक जना विशेष कारणबस फाइनल राउन्डमा सहभागीता हुन नसकेको कारणले १६ प्रतिस्पर्धीहरुले भाग लिएका थिए । करिब एक महिनाको अन्तरालमा फागुन २१ गते रष्ट्रिय सभागृह भृकुटीमण्डपमा भएको टप फाइभ राउन्डमा पुजा तामाङ, डिजि तामाङ, प्रकृति तामाङ,दिव्य तामाङलाई पछाडी पारेर सोलुखुम्बुको रञ्जना तामाङ स्याङबोले ताज पहिरिन सफल भएको हो ।
प्रत्यक वर्षको सोनाम ल्होछारको अवसर पारेर आयोजना गरिने मिस तामाङ कोभिड १९ को कारणले यो वर्ष ग्याल्पो ल्होछारमा परेको छ । तामाङ कला, सस्कृति, भेषभुषा र भाषाको संरक्षण तथा प्रवर्द्धन गर्ने उदेश्यले आयोजित १४ औं संस्करण मिस तामाङ २०२२ बन्ने मुल नाराका साथ मम्स इन्टरनेश्नल नेपालले आयोजना गरेको हो ।
मिस तामाङ २०२२ ले खासै नयाँ पन दिन नसकेता पनि पुरानै गतिविधिको निरन्तरता दिएकाे भन्दा फरक पर्दैन ।
मिस तामाङले साँच्चिकै तामाङ सस्कृतिकाे प्रवर्द्धन गरेकाे छ त ?
सामाजिक संजालमा मिस तामाङको सन्दर्भमा उठिएको प्रश्न हो यो , मिस तामाङले साँच्चिकै तामाङ सस्कृतिकाे प्रवर्द्धन गरेकाे छ त ? १३ औं सस्करण २०२१ मा ताज जित्न सफल काभ्रेकी सफलता थिङले तामाङ समुदायमा पिछडिएका महिलाहरुको हकहित र अधिकारको लागि काम गर्ने घोषणा गरेतापनि कोभिड १९ को कारणले राम्राेसँग काम गर्न पाएकी थिएन । तामाङ समुदायले मिस तामाङबाट नयाँ पनको खोजि गरिरहेको अवस्थामा १४ औं सस्करण मिस तामाङ २०२२ ले यो जिज्ञासालाई समेट्न सकिन्छ त ? रञ्जना तामाङ स्याङबोले मिस तामाङको ताज पहिरिएसँगै चौतर्फी प्रश्न उठ्ने नै छन् ।
कार्यक्रम स्थलमा भएको गतिविधिबाट पनि मिस तामाङले तामाङ समुदायको सस्कृतिलाई प्रवर्द्धन गर्न सकिन्छ कि सकिदैन भन्ने कुराको अनुमान लगाउन सकिन्छ ।
मिस तामाङको निर्णयक मण्डलमा अनुष्का श्रेष्ठ, केडि मोक्तान, डा. दिल बहादुर थोकार, किङराज वाईवा र पिङ्की घिसिङ रहेका थिए । निर्णायक मण्डलका सबै सदस्यहरुले नेपाली र अंग्रेजीमा प्रश्न सोधिएको थियो । तामाङ भाषाबाट निर्णयक मण्डलको कुनैपनि सदस्यले प्रश्न सोधिएको छैन । निर्णायक मण्डलकै दुईजना सदस्यले एउटै शब्दलाई तीन पटकसम्म गलत उच्चारण गरेर प्रश्न सोधिएको कारणले प्रश्नको उत्तर दिन प्रतिस्पर्दीहरू केहि समय अलमलिएका थिए । यसलाई प्राविधिक त्रुटिको रुपमा लिएता पनि निर्णायक मण्डलले ध्यान दिनु पर्ने विषय थियो । खासै तयारी गरेको देखिएन । निर्णायक मण्डलको सदस्यहरु अनुष्का श्रेष्ठ र डा. दिल बहादुर थोकरले मात्रै स्पस्ट शब्दमा प्रश्न सोधिएका थिए ।
१६ जना प्रतिस्पर्धीले आफ्नो परिचय तामाङ भाषाबाट दिएता पनि निर्णायक मण्डलकाे सदस्यले सोधिएका प्रश्नको जवाफ नेपाली वा अंग्रेजीबाट दिएका थिए । अाफ्नै माैलिकता मिसाएर भन्दा कन्ठस्थ गरेर जवाफ दिएको सजिलै अनुमान लगाउन सकिन्थ्यो । एक जना प्रतिस्पर्धीले परिचयको क्रममा नाम भन्नलाई नै भुलेका थिए ।
दोस्रो पक्ष भनेको म्हेन्दो माया गीतमा ग्रुप नृत्य प्रस्तुत गर्दा १६ जना सहभागीहरुलाई नचाएका थिएनन् । कुनै डान्स सेन्टरमा नृत्य सिकिरहेका डान्सरहरुको ग्रुपले नृत्य प्रस्तुत गरेको थियो । जसको कारण सहभागीहरुले म्हेन्दो माया सस्कृति सिक्न पाउने अवसरबाट बञ्चित भएको छ ।
मिस तामाङमा सहभागी भएका प्रतिस्पर्धीहरुले देखाउने गतिविधिहरु बाहेक अन्य गतिविधिहरु तामाङ भाषा र सस्कृति भन्दा बाहिर थियो । जसको कारणले उठान गरिएको मुद्धालाई मिस तामाङले प्रवर्द्धन गर्न नसकिएला कि भन्ने प्रश्न उठ्न सकिन्छ तर कमिकमजोरहरुलाई स्वीकारेर अगाडी बढेमा तामाङ समुदायको भाषा, धर्म, सस्कृतिलाई नयाँ उचाईमा पु¥याउन मिस तामाङ सफल हुनेछन् ।
मिस तामाङ २०२२ को विजेता रञ्जना तामाङ स्याङबोले उपाधिसँगै एक लाख नगद पुरस्कार तथा गिफ्ट ह्याम्पर प्राप्त गरेका छन्। काभ्रेकी पूजा तामाङ फस्ट रनर अप भइन्। उनले ५० हजार नगद पुरस्कार हात पारिन् यसैगरी डिजी लोप्चनले सेकेन्ड रनरअपमा चित्ता बुझाएको छ। उनले उपाधिसँगै नगद ३० हजार प्राप्त गरेका छन्।
तामाङ संस्कृतिलाई नयाँ पुस्तामा पुस्तान्तरण गर्न हरेक वर्ष मिस तामाङ आयोजना गर्दै आएको मम्स इन्टरनेश्नल नेपालको अध्यक्ष रञ्जिता ब्लोन तामाङले दाबी गरेकाे छ ।
कार्यक्रममा माननीय शान्ति पाख्रिनको उपस्थिति रहेकाथिए तर कार्यक्रम संचालकको कमजोरी या आयोजकको अवहेलना हो । अतिथि आसन ग्रहण नगरिकन एकै पटक टोकन अफ लभ वितरण गर्न मञ्चमा बोलाएको थियो ।
हरेक वर्षमा आयोजना हुने मिस तामाङले प्रत्यक वर्षमा भएका कमि कमजोरहरुलाई सुधार गरेर आउँदो वर्षमा कार्यन्वयन गरेर लैजाना आवश्कता देखिन्छ ।