नेपालगञ्ज, राष्ट्रिय प्रजातन्त्र प्रजातन्त्र पार्टी बाँके जिल्लाको बैठक सम्पन्न भएकाे छ । उक्त जिल्ला बठकले चुनावलाई लक्षित गरी यहि फाल्गुन २९ गते नेपालगञ्ज मा भव्य आम सभा गर्ने घोषणा गरेको हो ।
सो आम सभा लाई सम्बोधन गर्न पार्टी केन्दीय अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देन, पार्टी प्रवक्ता ज्ञानेन्द्र शाही ,केन्द्रिय सदस्य तथा नायिका रेखा थापा लगायत बरिष्ट नेताहरुकाे उपस्थिति रहने राष्ट्रिय प्रजातन्त्र पार्टी बाँके जिल्ला अध्यक्ष नरेन्द्र पौडेल जानकारी दिनुभएको छ। उक्त आम सभा लाई भवयतापूर्वक सफल पार्न जिल्ला अध्यक्ष नरेन्द्र पौडेल को नेतृत्व मा १५१ सदस्य मुल आयोजक समिति गठन गरेको छ ।
जसमा युवक संगठन को जिल्ला अध्यक्ष हुकुम के सी ,कोहलपुर नगर, अध्यक्ष अर्जुन जङ शाह,नेपालगन्ज नगर अध्यक्ष मनोज श्रेष्ठ, बाँके जिल्ला सचिव रुद्र मणि न्याेेेपाने, बाँके जिल्लाका पार्टी प्रबक्ता कमल निर्मोहि,महिला संगठन जिल्ला अध्यक्ष ईन्द्र शाही ,वडा८का निर्वाचित वडा सदस्य विवेक भाजपाई लगायत अन्नेय नेता कार्यकर्ता सहित कार्यक्रम व्यवस्थान मुलसमिती गठन गरेको हो।साथै आर्थिक समिति, मञ्च व्यवस्थापन समिति, प्रचार प्रसार समित, स्वागत समिति लगायत को विभिन्न उपसमिति गठन गरेको छ। बैठक जिल्ला अध्यक्ष नरेन्द्र पौडेल को अध्यक्षतामा बसेको थियो ।
बैठकलाई पूर्व मन्त्री द्धय फतेसिङ थारु,प्रेमबहादुर भण्डारी ,पुर्ब केन्द्रिय सदस्य गौरव चन्द ,तेज बिक्रम शाह ,अरुण प्रताप सिंह ,रमेश अर्याल ,प्रकाश शाह ,ठाकुर सिंह थारु केन्द्रीय सदस्यहरुमा ओम प्रकाश आजाद ,मिना श्रेष्ठ लगायतको उपस्तिथि थियो ।बैठक लाई सम्बोधन गर्दै केन्द्रिय सहायक महामन्त्री ऋषि राज देबकोटाले राप्रपा नया परिवेश को राजा सहितको हिन्दु रास्ट्र विचार बोकेको पार्टी भएकोले राष्ट्रबादि,देशभक्त ,हिन्दुबादी ,राजाबादी सबै समाहित हुन आव्हान गर्नु भयो। अन्त्यमा जिल्ला अध्यक्ष नरेन्द्र पौडेलले कार्यकर्तालाई इमान्दारीता का साथ जिम्मेवारी पुरा गर्ने निर्देशन दिदै बैठक को समापन गर्नु भयो थियो ।