काठमाडौं।“सामाजिक न्याय र लैगिंक समानता : दिगो बिकासको सुनिश्चितता” भन्ने मुल नाराका साथ ११२औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलले राष्ट्रिय शभा गृहमा एक कार्यक्रमको आयोजना गरेको थियो ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीको अध्यक्षता तथा प्रधानमन्त्री शेर बहादुर देउवाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उर्जा मन्त्री पम्फा भुसाल र सहरी बिकास मन्त्री रामकुमारी झाँक्री को उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै उर्जा मन्त्री भुसालले महिलालाई ३३ प्रतिसत आरक्षण दिँदा बाँकी १७ प्रतिशत माथि अन्याय भएको ले त्यो १७ प्रतिशतको लागि अबको संघर्ष हुने बताएकी छन् ।
सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले महिला सहभागिताको सुनिश्चितता र सामाजिक न्यायसहितको समानताको अधिकारका निम्ति खबरदारी गर्न जरुरी रहेको धारणा राखेकी छिन् ।
संविधानले महिला हकअधिकारको सुनिश्चितता गरेपनि यसको व्यवहारिक कार्यान्वयन तथा राज्यका हरेक निकायमा महिला सहभागिताको सुनिश्चितता र सामाजिक न्यायसहितको समानताको अधिकारका निम्ति खबरदारी गर्न जरुरी रहेको उनको भनाई थियो ।
यस्तै, उनले समाजमा व्याप्त महिला हिंसा, बलात्कारजन्य घटना आदिको निर्मूल पार्न सबै जुट्नुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा राष्ट्रपति महिला संरक्षण अभियानमा योगदान पुर्याउने नेपाली सेनालाई सम्मान गरिएको थियो ।
प्रमुख अतिथिको रुपमा बोल्दै प्रधानमन्त्री शेर बहादुर देउवाले संमृद्ध मुलुक निमार्णमा महिलाहरुको अपुरणीय योगदान रहने बताएका छन् ।