सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मण्डनदेउपुर आधारभूत अस्पताल उद्घाटनमा नगर प्रमुख वाइवाले गरे शक्ति प्रदर्शन

काठमाडौं । काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिका राजनीतिक दृष्टिकोणले फरक पहिचान कमाएको नगरपालिका हो । गोकुल प्रसाद बस्कोटा र नगर प्रमुख टोक बहादुर वाईवा बीचको टकरावको कारणले पनि यो नगर चर्चामा रहेको छ । गोकुल प्रसाद बासकोटा सूचना तथा सञ्चार मन्त्री हुँदा कमाएको पहिचान र नगर प्रमुख टोक बहादुर वाईवाले नगर प्रमुख भएर कमाएको चर्चाले काभ्रेको राजनीतिक वृत्तमा अलग स्थान ओगटेको छ ।
नेकपा (एमाले) विभाजन नहुँदा फरक प्यानलमा रहेका वाइवा र बासकोटा अहिले फरक फरक पार्टीमा आवद्ध छन् । नगर प्रमुख नेकपा (एकिकृत समाजवादी ) पार्टीमा छन् भने बासकोटा एमालेमा नै छन् ।

मन्डनदेउपुरमा चैत्र ४ गते भएको मन्डन देउपुर आधारभूत अस्पताल भवनको उद्धघाटन कार्यक्रममा देखिएको माहोलले मेयर वाइवा बलियो रहेको देखिन्छ ।

कार्यक्रममा अध्यक्ष वाइवाले मन्डनदेउपुरका पुराना समाजसेवी, राजनीतिक व्यक्तिहरु वृद्ध बा आमाहरु सबैलाई समेटिएको पाइयो । नगरवासी अध्यक्ष वाइवाको काम प्रति सन्तुष्ट रहेको कार्यक्रममा उपस्थित जनमानसबाट प्रष्ट हुन्छन् । राजनीतिक रुपमा नगरप्रमुख टोक बहादुर वाइवाले साँसद बासकोटालाई चुनौती दिदै शक्ति प्रदर्शन गरेको राजनीतिक जानकारहरुको बुझाई छन् ।

स्वास्थयमन्त्री विरोध खतिवडाले आम नारिकको स्वास्थ्य संवेदनशिलतालाई ध्यानमा राखेर काम गरिरहेको बताउनुभएको छ ।

काभ्रेको मण्डदनदेउपुर नगरपालिका वडा नं. ७ स्थित नगरस्तरको मण्डनदेउपुर आधारभूत अस्पताल भवनको उद्घाटन गर्नुहुँदै कोभिडबाट बच्नका लागि आम नागरिकलाई खोप लगाउनेदेखि ५० बर्ष माथिका नागरिकको उपचारको लागि अस्पताल निर्माण गर्ने प्रक्रियामा रहेको बताउनुभयो ।
पछिल्लो सयममा सरकारले १२ बर्षदेखि माथिका नागरिकलाई खोप लगाउन आवश्यक व्यवस्थापन गरेर खोप अभियान सञ्चालन गर्दै अधिकांश नागरिकलाई खोप लगाईसकेकोमा बाँकी रहेको नागरिकलाई खोप केन्द्रमा राखेर खोप लगाउन आग्रह गर्नुभयो । पाँच बर्ष माथिका बालबालिकाहरुलाई समेत कोराना विरुद्धको खोप लगाउन खोप खरिदको लागि रकम व्यवस्थापन गरी पठाईसेकोले विश्व स्वास्थ्य संगठनले अनुमनि दिने वित्तिकै लगाउने गरी तयारी अवस्थामा सरकार रहेको मन्त्री खतिवडाले बताउनुभयो । सो क्रममा  उहाँले मण्डनदेउपुर आधारभूत अस्पतालको लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री र उपकरण सहयोग गर्न आफु तयार रहेको बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले प्रदेशभित्रका ९८ प्रतिशत नागरिकलाई खोप लगाईसकेको बताउनुभएको छ । मन्त्री लामाले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै भवन, आवश्यक स्वास्थ्य सामग्री र दक्ष जनशक्ति व्यवस्थापनको कामलाई प्राथमिकता राखेर काम गरिरहेको बताउनुभयो । उहाँले उद्घाटन गरेको सो अस्पताललाई आवश्यक स्वास्थ्य सामग्रीका साथै स्वास्थ्यकर्मीको जनशक्तिको लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

मण्डनदेउपुर नगरपालिका प्रमुख टोक बहहादुर वाईबाले निर्वाचनको वेलामा गरेका प्रतिबद्धताहरु विस्तारै पूरा गर्दै गरेको बताउँदै शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।

पाँच शैयाको आधारभुत अस्पताल निर्माण गर्नका लागि बागमती प्रदेश सरकारको ६० प्रतिशत र नगरपालिकको ४० प्रतिशत गरी कुल लागत करिब दश करोडमा कर्मचारी आवाससहितको भवन निर्माण सम्पन्न गरेको हो ।
अस्पताल सञ्चालनमा आएपछि एक्सरेका लागि पाँचखाल, धुलिखेल, बनेपा धाउनु पर्ने छैन् । प्रयोगशालाको काम यहि अस्पतालमा हुनेछ । नेपाल सरकारले तोकेका सबै निःशुल्क औषधी त्यहि अस्पतालबाट उपलब्ध गराइनेछ । जटिलता युक्त प्रसूति समेत गराउने जनशक्ति यहि अस्पतालमा रहनेछन् । नगरपालिकाले स्वास्थ्य बिमाको प्राथमिक उपचार सबै यहि अस्पतालबाट गर्ने र थप उपचारका लागि मात्रै धुलिखेल अस्पताल पठाउने योजना बनाइरहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »