राज्य ,राज्य व्यवस्था ,समाज र व्यक्ति यी सम्पूर्ण अवयबहरु सामाजको उपजहरु हुन । एक व्यक्तिले घर , परिवार ,समाज ,समुदाय र राज्य व्यवस्था र राज्य निर्माणमा महत्त्वपूर्ण भुमिका खेलिरहेको हुन्छ । जसरि मानिस एउटा सामाजिक प्राणी हो त्यसरी नै मानिसको जन्म देखि मृत्युपर्यान्त राजनीतिक र समाजका हरेक पक्षसँग प्रत्येक्ष र परोक्ष रुपमा मानिसको भुमिका रहिरहेको हुन्छ । समाज गतिशील , प्रगतिशील र रुपान्तरण हुने भएकाले मानिसको व्यबहार स्वभावतः समाज र समाजबिच राज्य र राज्यबिच फरकफरक हुनु स्वभाविक हो । त्यसैले समाज ,समुदाय र राज्य रुपान्तरणको कडिको रुपमा राजनितीलाई लिनुपर्छ त्यसैले नेपालीको अबको राजनीतिक मार्ग दर्शन कस्तो हुदा ठिक होला । के लोककल्याणकारी राज्य नेपालको लागि माटो सुहाउँदो राजनीति व्यवस्था हो ?
लोक कल्याणकारी राज्य नेपालकोलागि किन अवश्यक छ ?
लोकतान्त्रिक पद्धति मार्फत जनताको राजनीतिक ,आर्थिकसामाजिक र दिर्घकालिन विकासमा जनतामाझ सुसंस्कृत राजनीतिक परिपाटी विकास गर्नु कल्याणकारी राज्य स्थापना गर्नु हो ।
के हो त लोककल्याणकारी राज्यको अवधारणा यहाँ लोक अर्थ जनता हुन भने कल्यानकारी राज्य चाहि जनताको आर्थीक ,सामाजिक ,राजनीतिक ,शैक्षिक रुपामा समानता र सहअस्तित्व एउटा राजनीतिक प्रणाली हो । लोककल्याणकारी राज्यको अवधारणालाई प्रो ।एच।जे।लास्की अनुसार ू लोककल्याणकारी राज्य जनताको यस्तो संगठन हो जसमा सबैको सामुहिकरुपवाट धेरै भन्दा हितहुने राज्य निर्माण गर्न सकिन्छ ।ू यसवाट के स्पष्ट बन्न सकिन्छ भने जनता प्रत्येक्ष सहभागीभई जनभावना अनुरुप सामाजिकआर्थिक ,राजनैतिक प्रणालीलाई जनताका जनअपेक्ष अनुसार जनअधिकार स्थापित गर्न सकिन्छ । नेपाली र नेपाली समुदाय आजको २१अौं विश्ववजार ,विश्व राजनीतिक,आर्थिकसामाजिक अवस्था मुल्यांकन गर्दा हामी र हाम्रो राजनीतिक, सामाजिकआर्थिक अझैसम्म प्राग ऐतिहासिक वर्बर अवस्थामै रुमलिएको छ ।
अशिक्षा ,वेरोजगारी , गरिबी र असमान श्रोत र साधनको वितरणले वर्गीय असमानता विकराल अवस्थाले नव सामन्तीवर्गको शोषणबाट समाजका हरेक पक्षहरुमा असर परिरहेको छ । जब सम्म जवाफदेही राज्य प्रणाली स्थापित गर्न सकिदैन जतिसुकै व्यवस्था परिवर्तन गरेतापनी आम रुपमा नेपाल र नेपालीको अवस्था परिवर्तन हुनसक्दैन । अब हामीले हाम्रो सामाजिकआर्थिक अवस्था , राजनीतिक रुपान्तरण , गुणस्तरीय शिक्षा ,स्वास्थ्य ,रोजगारी, समतामूलक समाज र दण्डहीनताको अन्त्य गर्ने सुसंकृत राजनितक परिपाटी स्थापित गर्नका लागि लोककल्याणकारी राज्यको अवधारणाको जगमा टेकेर माटो सुहाउँदो सैद्धान्तिक ,राजनैतिक अवधारणा विकास गर्दै नेपाल र नेपालीको उज्ज्वल भविष्य निर्माण गर्ने मार्गदर्शन स्थापित गरिनुपर्छ , त्यसकालागी स्थापित राजनीतिक प्रणाली बाट केहि पर पुगेर एउटा राजनितीक जागरणको अभियान चलाउदै राजनीति मार्फत नागरिक बौद्धिक क्रान्तिका माध्यम द्वारा समाजका विभिन्न कुव्यवस्थाहरुलाई नकार्न सक्ने परिपाटी स्थापित गर्दै जनताको भाग्य भविष्य निर्माणमा जनजागरण अवस्था सृजना गर्दै समाज राज्यप्रणाली र राजनितीक सुव्यवस्था स्थापितगर्ने राजनीति प्रणाली साथ समर्थ र जनताको मनबाटै मत परिवर्तनको निर्विकल्प अबको राजनीतिमा हुनुपर्छ । प्रचलित प्रजातान्त्रिक प्रणाली द्वारा राज्यको आमूल परिवर्तन गर्न सकिन्छ, राजनीति साम , दाम ,दण्ड र भेद हो भन्ने जुन आम नागरिकको बुझाई छ त्यसलाई चिर्दै राजनीति सुशासन एउटा अभिन्न अंग हो भन्ने राजनितीक चेत जवसम्म हुदैन तब सम्म राजनिती नाममा लाजनिती स्थापित हुँदै जान्छ । राजनीति पेशागत संगठन हैन राजनिती सेवामूलक र सेवामूखी आम नागरिकको जनविश्वास , जनअधिकार स्थापित गर्ने जनआस्थाको केन्द्र हो भन्ने जब सम्म धारणाको विकास गर्न सकिदैन तब सम्म न्यायपालिका ,कार्यपालिका र व्यबस्थापिका भित्र राजनीतिक खिचातानी दुषित मनोविज्ञान र तथाकथित चलखेल हरु स्थापित हुँदै जाने परम्परा समकालीन राजनिती दैखिदै गईरहेको र भोलिका दिनहरु यस्तो समस्या विकराल हुँदै जाने र राजनितीक दूषचक्रकारण नेपाल र नेपालीको भाग्य र भविष्य अन्योलमा पर्ने स्वभाविक रुपमा देखिन्छ ।
अबको राजनीति मार्गदर्शन के हो ?
जनकल्याणकारी राज्यको उद्देश्य व्यक्तिको व्यक्तित्व विकासका लागि सहयोगी र आवश्यक पर्ने सबै सुविधाहरूको व्यवस्था गर्नु हो। यस सन्दर्भमा शिक्षा र स्वास्थ्यको सुविधालाई विशेष उल्लेख गर्न सकिन्छ । यस प्रकारको राज्यले शैक्षिक संस्थाहरू स्थापना गर्छ र निश्चित तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क बनाइन्छ। औद्योगिक र प्राविधिक शिक्षाको व्यवस्था पनि राज्यले नै बनाएको हुन्छ । त्यसैगरी, अस्पताल, प्रसूति गृह आदि लोककल्याणकारी राज्यले स्थापना गरेका छन्, जसलाई सर्वसाधारणले निःशुल्क प्रयोग गर्न सक्छन्। यस्तो राज्य व्यवस्था जवसम्म स्थापना गर्न नेपाल र नेपालीको भाग्य र भविष्य हिजो पुस्ता ,अजको पुस्ता र भोलिको पुस्ताविच कुनै आमूल रुपान्तरण देख्न सकिदैन । त्यसैले अब राजनीतिक मार्गदर्शन हाम्रो अवस्था परिवर्तन संग जोडिनु पर्छ हाम्रो नैसर्गिक अधिकारहरु स्थापित हुनुपर्छ , हामी यश राज्यको नागरिक भएको हिसाबले हाम्रो राजनीतिक भविष्य दिर्घकालिन सोच विचारको आधारमा हुनुपर्छ न कि आयातित राजनीतिक , सामाजिकआर्थिक रुपान्तरणले हामीलाई अनुकरणीय मात्रै बनाउने भएकाले मौलिक राजनीति ,सैद्धान्तिक ,सामाजिकआर्थिक मनथन गर्दै नया सिराहबाटो राजनीति अभ्यास गर्दै बौद्धिक क्रान्ति गर्नु अबको राजनैनिक मार्ग दर्शन हो ।
नेपाल र नेपालीको जयहोस् ।
विनोद जंग रायमाझी
विवेकशील साझा पार्टी
केन्द्रीय कार्यसम्पादन समिति सदस्य तथा केन्द्रीय सदस्य