काठमाडौं । नेपाली कांग्रेसले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा स्थानीय आवश्यकता र परिस्थिति हेरेर तालमेल गर्ने निर्णय गरेको छ । शुक्रबारदेखि जारी केन्द्रीय समितिको मंगलबारको बैठकले गठबन्धनमा रहेका अन्य दलहरुसँग चुनावी तालमेल गर्ने निर्णय गरेको हो।
केन्द्रीय समिति बैठक र शीर्ष नेताहरुको बैठकले स्थानीय आवश्यकता र परिस्थिति हेरेर तालमेल गर्ने निर्णय भएको प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।
‘स्थानीय परिस्थिति र आवश्यकता अनुसार गठबन्धनमा रहेको दलहरुसँग दलहरुसँग तालमेल गर्ने नीतिगत निर्णय भयो । व्यवहारमा कसरी कार्यान्वयन गर्ने भन्ने सम्बन्धमा केन्द्रमा, प्रदेशमा र जिल्ला तहमा संयन्त्र बन्छ’ उनले भने ।