सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

धादिङको निलकण्ठ नगरपालिका १२ को वडा अध्यक्षमा लम्सालको दावी

धादिङ । धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष बाबुराम लम्साल पुन अध्यक्षको दाबेबार रहेको बताउनु भएको छ । बैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा पार्टीले टिकट दिएको खण्डमा आफु पुन अध्यक्षको दाबेदार भएको बताउनु भएको हो ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमाले धादिङको तर्फबाट अध्यक्षमा उहाँले टिकट पाएका थिए । नेपाली काङ्ग्रेसका गोर्कण प्र सापकोटालाई ६४ मतले पाराजित गरि लम्साल अध्यक्ष बनेका थिए । करिब ५ बर्षे कार्यकालको अबधिमा लम्सालले स्थानीय नागरिकहरुको मन जित्न समेत सफल भएको छ । निर्वाचनको बेलामा जनतासमक्ष गरेको बाचाहरु सबै पुरा गर्दै गएका छन् । उहाँले बिकास निर्माण कार्य , शिक्षा, स्वास्थ्य लगाएत क्षेत्रमा राम्रो काम गर्दै आउनु भएको छ।
अन्य दलहरुले गर्न नसकेका कामहरु नयां तरिकाले गरिरहेका छन् ।
वडा अध्यक्षको राजनीतिक अबस्था ः
–२०४३ सालदेखि राजनीतिक क्षेत्रमा सकृय भई अनेरास्ववियुमा प्रवेश ।
–धादिङ जिल्लाको एक मात्र सरकारी स्कुल निलकण्ठ माविको पार्टीको पहिलो अध्यक्ष ।
–देशमा बहुदल आएपछि अनेरास्ववियुको १० औं केन्द्रीय प्रतिनिधि ।
–२०५४ सालमा पार्टी संगठित सदस्य ।
–२०६७ साल चैत्र महिनामा धादिङको साङकोष गाउँ विकास समितिको पार्टीको अध्यक्ष ।
–२०७१ नीलकण्ठ नगरपालिका पार्टीको उपसचिव ।
–२०७४ सालको निर्वाचनमा नीलकण्ठ १२ को वडा अध्यक्ष ।
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष वावुराम लम्सालले ५ वर्षे कार्ययोजनामा गर्नु भएको महत्वपूर्ण कामहरु
१. नीलकण्ठ नगरपालिका वडा नम्बर १२ का सबै टोल बस्तीहरुमा मोटर बाटो विस्तार ।
२. सबै टोल वस्तीहरुमा खानेपानीको ट्याङकी निमार्ण ।
३. विजुलीको पोलहरुमा भएका काठका खम्बा परिवर्तन गरी फलामको पोल विस्तार गरी बिजुलीको मिटर समेत परिवर्तन ।
४. घिमिरे जागर देखि वडा कार्यालय हुँदै रिजाल डाँडा र पचघरे सम्म सडक फराकिलो र ग्रावेल (रु ४५ लाख बराबरको बजेट )
५. कुँडुले देखि आँपश्वरा बटुवा सम्मको सडक खण्डमा ग्रावेल ।
६. देउराली देखि जमुनेचौर सम्म ग्रावेल ।
७. पशुपति मन्दिर देखि जुडी ढुङगा सम्म ग्रावेल ।
८. जुडी ढुङगा देखि विसौना सम्म गाडी हिड्ने बाटो निर्माण ।
९. धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १२ कुमालगाउँ देखि पण्डिचोर सम्मको बाटोमा ग्रावेल ।
१०.प्रदेश सरकार मार्फतको बजेटले नीलकण्ठ पार्क निमार्ण । ( ११ करोड बजेट) ।
११. धादिङबेसी स्थित मालेबगरमा रु ११ करोडको बजेटमा कर्भड हल निमार्ण ।
१२. पशुपति नवदुर्गा देखि चाँपेडाँडा सम्म हिम पाइप राखी सडक विस्तार ।
१३. कुमालगाउँ, पडिण्त चौर, मतपँधेरो र नव दुर्गा टोलमा पदमार्ग निमार्ण ।

खानेपानी तर्फ
१. पशुपति खानेपानी क्षेत्रमा रु २ लाख बराबराको खानेपानी ट्याङकी निमार्ण ।
२. करिब दुईसय घरधुरीमा मिटर जडान गरी खानेपानी वितरण ।
३. कुमालगाउँमा ५० हजार लिटर बराबरको पक्की खानेपानी ट्याङकी निमार्ण गरी नयाँ पाइप लाइन विस्तार ।
४.दलित वस्तीहरुका जमुनमा २० हजार लिटर खानेपानी ट्याङकी निमार्ण । एक घर एक धारा अभियान अन्तर्गत काम भैरहेको ।
५.आँगेटारीमा रु २० हजार लिटर खानेपानी ट्याङकी निमार्ण । (करिब ४४ घरधुरीले पानी प्रयोग गरिरहेको) ।
स्वास्थ्य
१. नीलकण्ठ नगरपालिका वडा नम्बर १२ को वडा कार्यालय निमार्ण ।
२. प्राथमिक स्वास्थ्य कार्यालय निमार्ण ।
प्राथमिक स्वास्थ्य कार्यालयबाट हरेक प्रकारको औषधीहरु निशुल्क वितरण ।

भर्खरै

सम्बन्धित खबर

Language »