सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पुर्व मन्त्री मोहम्मद ईश्तियाक राईको सक्रियतामा जसपामय बन्दै बाँकेका चार पालिका

नेपालगञ्ज, पुर्वमन्त्री तथा जनता समाजवादी पार्टीका केन्द्रिय नेता एवं बाँके क्षेत्र नम्बर २ का सांसद मोहम्मद ईश्तियाक राईको सक्रियता र लोकप्रियताले गर्दा बाँके जिल्लाका चार वटा पालिका जनता समाजवादी पार्टी मय बन्दै गएका छन् ।


पुर्वमन्त्री राईकै प्रयास, सक्रियता र लोकप्रियताले गर्दा बाँकेको नेपालगञ्ज उपमहानगरपािलका, जानकी, डुडुवा र नरैनापुर गाउँपालिकामा निर्वाचनको मुखमा आएर अन्य दलबाट सानो समयमै हजारौं नेता कार्यकर्ता जसपामा प्रवेश गरेका छन् । सोही कारणले यी चारवटै पालिकामा जनता समाजवादी पार्टीको जन समर्थन समेत धेरै बढेको छ ।


जनता समाजवादी पार्टी बाँकेका अध्यक्ष तथा नेपालगञ्जको मेयरका उम्मेदवार कमरुद्दीन राईले विकासप्रेमी तथा सबैका लोकप्रिय नेताका रुपमा स्थापित पुर्व मन्त्री राईको प्रयासले अहिले नेपालगञ्ज लगायत अन्य पालिकाहरुमा विभिन्न दल परित्याग गरेर जसपाको सदस्यता लिनेहरुको संख्या अत्याधिक बढेको छ । उहाँले पार्टी कार्यालयमै आएर दैनिक सयौ जनाले सदस्यता लिनुका साथै जसपाका उम्मेदवारलाई जिताउने प्रतिवद्धता समेत गरिरहेको बताउनुभयो ।


गत एकसातामा जिल्लाका चारवटा पालिकामा चार जना वडा अध्यक्ष लगायत सयौं जना लोकप्रिय नेता कार्यकर्ता जसपामा सामेल भएको पनि अध्यक्ष राईले बताउनुभयो । उहाँले सो क्रम हाल पनि जारी रहेको र हरेक जसो वडाबाट जनता र स्थानीय नेता कार्यकर्ताको फोन आइरहेको बताउनुभयो ।


पुर्वमन्त्री राईकै अग्रसरता र प्रयासमा नरैनापुर गांउपालिका वडा न ६ मा नेपाली कांग्रेस बाट निर्वाचित वडा अध्यक्ष बिरेन्द्र पाल सिंह गत स्थानीय तहको चुनावमा एमालेबाट वडा अध्यक्षको चुनाव लडेका भुतपुर्व वडा अध्यक्ष साबिर खां (नन्के), कांग्रेसका क्रियाशील सदस्य तथा भुतपुर्व वडा अध्यक्ष रमजान अलि साई छेदा लगायत सयौ कार्यकर्ता जसपामा प्रवेश गर्नु भएको छ। उहाँहरुलाई पुर्व शहरी बिकास मन्त्री तथा सांसद लोकप्रिय युवा नेता राईले पार्टी प्रवेश गराउनु भएको हो ।


यसैगरि डुडुवा ६ हिरमिनियामा कांग्रेसका मजिबुल्ला खां, कृष्णा खटिक, राधेश्याम यादव, रोहित खटिक, गुलाम रब्बानी खां लगायत बिभिन्न पार्टी परित्याग गरी ५७ जनालाई पनि पुर्व मन्त्री राईले सदस्यता प्रदान गरी जसपामा प्रवेश गराउनु भएको छ ।
सोही प्रकारले नेपालगञ्जका विभिन्न वडा र जानकी गाउँपालिकामा समेत सयौं जनाले पुर्वमन्त्री राईको हातबाट जसपाको सदस्यता लिएको जनता समाजवादी पार्टी बाँकेका सचिव राजेन्द्र विश्वकर्माले बताउनुभयो ।


उहाँले विकासप्रतिको समर्पणका कारण जिल्लामा नै अतिनै लोकप्रिय रहनु भएका नेता राईले अहिले वडा वडामा पुगेर जसपाका उम्मेदवारको पक्षमा माहोल बनाउने काम गरिरहनुभएको छ । पुर्वमन्त्री राई जुन जुन वडा र टोलमा पुग्नुहुन्छ, त्यहाँका विभिन्न दलका नेता कार्यकर्ता जसपामा प्रवेश गरिरहेका छन् भने जनताले विकास निर्माणका लागि ज्ञापनपत्रहरु बुझाईरहेका छन् ।


पछिल्लो समयमा आएर बाँकेमा जसपाप्रति जनाको समर्थन अत्याधिक बढ्दै गएकोले निर्वाचनको बेग्लै माहोल बन्दै गएको पुर्वमन्त्री राईले बताउनुभयो । उहाँले जहाँ गएपनि विकास र सदभावका लागि जसपाप्रतिनै स्थानीयको ठुलो आकर्षण पाएको बताउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »