सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्ज, जानकी, डुडुवा र नरैनापुरमा गठबन्धन आवश्यक छैनः कमरुद्दिन राई

नेपालगन्ज, अघिल्लो निर्वाचनमा जनता समाजवादी पार्टीका बाँके अध्यक्ष कमरुद्दिन राई नेपालगन्ज उपमहानगरपालिकाको मेयर पदमा पराजित हुनुभयो । करिव पाँच हजार मत ल्याउनुभएका उहाँ चौथो स्थानमा आउनुभएको थियो ।
उहाँभन्दा धेरै नेकपा एमाले, नेकपा माओवादी केन्द्र र काँग्रेसका उम्मेदवारले मत ल्याए । १२ हजारबढी मत ल्याएर राप्रपाका धवलशम्शेर राणा मेयरमा निर्वाचित हुनुभयो ।

चुनावमा पराजय भएपछि कमरुद्दिन राई निरन्तर जनताको घरदैलोमा पुगिरहेको बताउनुहुन्छ । त्यही भएर उहाँ फेरि मेयरमा उम्मेदवारी घोषणा गरेर चुनावी अभियानमा व्यस्त हुनुहुन्छ । पाँच वर्षसम्म यसरी चुनावी अभियानकै निमित्त जनताको घरदैलोमा व्यवस्त हुुनुभएका राइलाई भने आगामी निर्वाचनमा केन्द्रले गर्ने चुनावी गठबन्धनप्रति भने चित्त बुझेकोमात्र छैन त्यसको प्रतिवादमै उत्रनुभएको छ ।

सत्तारुढ नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीचको पाँच दलिय गठबन्धनले केन्द्रमा चुनावी गठबन्धन गरेर अघि बढ्ने निर्णय कार्यकर्ताको हित विपरीत भएको भन्दै उहाँले त्यसप्रति आपत्ती जनाउदै त्यही बेहोराको जानकारी सहितको पत्र केन्द्र र प्रदेशलाई जानकारी गराइएको राईले बताउनुभयो ।
चितवनको भरतपुरमा भूमिहिन दलितलाई लालपूर्जा वितरण
गठबन्धन सरकार कुहिसकेको छ, आफैं झर्छ : अध्यक्ष ओली
को बन्ला नेपालगन्जको मेयर ? मिश्र र राइको उम्मेदवारी कन्फर्म, अरु दलमा ढुलमुल
नेपालगन्ज उपमहानगरपालिका, जानकी गाउँपालिका, नरैनापुर गाउँपालिका र डुडुवा गाउँपालिकामा आफ्नो पार्टीले प्रमुख र उपप्रमुख जित्ने अवस्था रहेकाले गठबन्धन आवश्यक नरहेको पत्र पठाइएको उहाँले बताउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »