नुवाकोट । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा गाउँदेखि केन्द्रसम्म माहोल तातिँदै गएको छ ।
स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै गाउँ गाउँमा नेता कार्यकर्ताहरु चुनावी छलफल गर्न लागेका छन् ।
यस्तै नेपाली कांग्रेसबाट सूर्यगढी गाउँपालिका वडा नं ५ को वडाध्यक्षमा अच्युत ढकाल चयन भएका छन्।
आसन्न स्थानिय तहको निर्वाचनको लागि नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्ष पदमा सर्वसम्मत रुपमा उमेद्वार चयन गरिएको हो ।
लामो समय देखि राजनीति संगै विभिन्न सामाजिक काममा सक्रिय रहेका ढकाल नेपाली कांग्रेसका सक्रिय युवा नेता हुन् ।
विद्यार्थी राजनीतिबाट राजनीतिमा पाइला टेकेका ढकाल नेपाली कांग्रेसको कुशल युवा नेताका रुपमा परिचित छन् ।
वडाध्यक्षका उमेद्वार बनिरहेका ढकाल नेपाली कांग्रेसका सक्रिय युवा नेताका साथै समाजसेवी समेत हुन ।
उनको आफ्नो मनतब्य यस्तो छ
आमा बुवा दाजु भाइ दिदी बहिनी तथा साथीहरू नमस्ते ,
म पनि सुर्यगढि वडा न. ५ मा नेपाली काग्रेंसको तर्फवाट वडा अध्यक्ष पदको आंकाक्षि छु । मैले समाजप्रति गरेको सेवा भावको प्रयत्न पार्टि प्रतिको क्रियाशिलता ,हरेक प्रकारका पार्टिले गरेको कार्यक्रम र हरेक जिम्मेवारि हरु पूरा गर्दै आयको छु ।
सुन्दर सुर्यगढिको गणेशस्थान गाउँको परिकल्पना गर्ने भिजन सहित स्थानिय वडा सञ्चालन गर्ने कार्ययोजना म सँग छ ।राजनिति सँगै ,समाजसेवा र रोजगार उन्मुख योजना म सँग छ ,कुनै हाम्रा साथी भाईहरुले मैले पाएको अवसरमा गर्व गर्न लायक काम गर्नेछु ,कसैले असहज परिस्थिति व्यतित गर्न पर्दैन ।
तसर्थ हिजो पनि सहयोग गरेका मेरा साथीहरुलाई यस पटक एक पटक सहयोग गरिदिनुहुन हार्दिक अनुरोध छ । पार्टिका सवै साथीहरु यो महान अभियानमा गर्विलो उपस्थितिका साथ तन मन ले पुर्ण समर्पित भई सहयोगको लागी हार्दिक अपिल गर्दछु ।
#अच्युत ढकाल