सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

स्थानीय तहकाे निर्वाचनमा १ लाख ५० हजार ४ सय ९४ जनाको उम्मेदवारी

काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि विभिन्न पदमा १ लाख ५० हजार ४ सय ९४ जनाको उम्मेदवारी गरेको छ । बैशाख १५ गते भित्रमा उम्मेदवारी फिर्ता लिनका लागि समय सिमा तोकिएको छ । कूल ३५ हजार २ सय २१ पदका लागि बैशाख ३० गते हुन लागेको निर्वाचनमा सो संख्यामा उम्मेदवारी परेको हो ।

स्थानीय तहको नगर प्रमुखका लागि ३ तीन हजार ४ सय ६६ उपप्रमुखमा २ हजार १ सय ३६ जनाको उम्मेदवारी परेको छ भने पालिकामा अध्यक्ष पदमा ३ हजार ३ सय ७८ र उपाध्यक्षमा २ हजार ३ सय ९२ जनाको उम्मेदवारी परेको छ । वडा अध्यक्षमा ३४ हजार ९ सय ४३, महिला सदस्य २६ हजार ६३, दलित महिला सदस्य २३ हजार ४ सय ७०, वडा सदस्यमा ५४ हजार ६ सय ४६ जनाको उम्मेदवारी परेको छ ।
नगरपालिका र गाउँपालिकामा सबैभन्दा बढी नेकपा (एमाले)को उम्मेदवारी परेको छ । नगर प्रमुखमा २८८ जना र गाउँपालिका अध्यक्षमा ४४६ जना, उप प्रमुख र उपाध्यक्षमा २८३ र ४६८ जनाको उम्मेदवारी परेको छ भने वडा अध्यक्षमा ६४६८ जनाको उम्मेदवारी परेको छ । यसैगरी सत्तारुढ दल नेपाली कांग्रेसको तर्फबाट नगरप्रमुखमा २६३ र गाउँपालिका अध्यक्षमा ३८२ जना उम्मेदवारी परेको छ ।

निर्वाचन आयोगले यही बैशाख ३० गते हुने स्थानीय तहको सदस्य निर्वाचन २०७९ का लागि छपाई भएका मतपत्र जिल्ला–जिल्ला पठाउन थालेको छ । भक्तपुरको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको कार्यालयबाट लोड भई कर्णाली प्रदेशको १० जिल्ला सुदुर पश्चिम प्रदेश ३ गरी १३ जिल्लामा मतपत्र पठाई सकेको छ । लामो दुरीमा पर्ने पूर्व र पश्चिमका गरी ९ जिल्लामा मतपत्र पठाएको छ । हालसम्म पत्र एक करोड ५४ लाख बैसठीहजार मतपत्र छापिसकेको छ । करिब ९४ लाख मत पत्र छाप्नु पर्ने निर्वाचन आयोगले जानकारी दिएको छ ।

उम्मेदवारी दर्ता गर्न जाँदा नेकपा (एमाले ) पार्टीका कार्यकर्ताहरु बाहेक अन्थ दलका कार्यकर्तामा खासै उत्साह देखिएन । पाँचदली गठबन्धनको कारणले पनि यस्तो भएको जानकारहरुको बुझाई छन् । सत्ता गठबन्धनको कारणले गाउँस्तरको नेता तथा कार्यकर्ताहरुमा निरासा देखिएको हो ।

भर्खरै

सम्बन्धित खबर

Language »