सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तेमालको माओवादी युवाहरु पूर्व प्रधानमन्त्री ओलीको हातबाट टिका लगाएर पार्टी प्रवेश

काठमाडौँ । पूर्व प्रधानमन्त्री केपी ओली शर्माको हातबाट टिका लगाएर काभ्रेको तेमाल गाउँपालिका वडा नं. ८ बाट नेकपा (माओवादी) पार्टी परित्याग गरी प्रेम लामा बल सहित करिब दुई दर्जन युवाहरु नेकपा (एमाले)मा प्रवेश गरेको छ ।

काभ्रे जिल्ला कमिटीको सदस्य तथा युवा नेता जेनिश लामा, प्रेस चौतारीको उपाध्यक्ष हिरामान लामा, युवा नेता घनश्याम लामा, युवा नेता सत्य लामा र तेमाल गाउँपालिकाको नेकपा (एमाले)को तर्फबाट प्रत्याशी उम्मेदवारी इन्द्र लामा सहितको टोली भक्तपुरको बालकोटमा रहेको पूर्व प्रधानमन्त्री ओली निवासमा पुगेका थिए ।

पूर्व प्रधानमन्त्री ओलीलाई पार्टी प्रवेश गरेका युवाहरुलाई सफलताको शुभकामना दिदै तेमाल गाउँपालिकामा नेकपा (एमाले)लाई जिताएर आउन निर्देशन दिएको छ ।

पार्टी प्रवेश गरेका युवाहरुमा सोनाम लामा, टेक बहादुर थोकर, निकेस बल, पासाङ लामा, बुद्ध तामाङ, प्रविन लामा, वडा नं. ५, आदी लामा, सन्जय लामा, सुनिल तामाङ, तोप लामा वडा नं. ९ बाट नेकपा माओवादी र नेपाली कांग्रेस परित्याग गरेर पार्टी प्रवेश गरेका हुन् ।

काभ्रेको तेमाल गाउँपालिकामा नेकपा (एमाले) र पाँचदल गठबन्धनबीच बैशाख ३० गते हुने चुनावको लागि प्रतिस्पर्दा गर्दै छन् । नेकपा (एमाले)बाट इन्द्र लामा र गठबन्धनबाट नेपाली कांग्रेसको तर्फबाट अध्यक्षमा चन्द्र लामा र उपाध्यक्षमा माओवादीबाट डि.एम. लामा बीच प्रतिस्पर्दा हुने छन् । नेकपा (एमाले)बाट उपाध्यक्षमा समतेन लामाले प्रतिस्पर्दा गर्दै छन् ।

स्थानीय तहको निर्वाचनमा गठबन्धनको नाममा महिलाले अवसर पाउने मौका गुमेको छ । त्यसकारणले गठबन्धनलाई हेर्ने नजरमा अलि फरक रहेको पाइएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »