सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तेमालमा एमाले उदाउदै, गठबन्धन सेलाउदै

काठमाडौँ । स्थानीय तहको निर्वाचन यही बैशाख ३० गते हुँदै छ । यो निर्वाचनमा नेकपा (एमाले) र पाँच दलीय गठबन्धन बीच कडा प्रतिस्पर्धा हुने देखिएका छन् । ठाउँ–ठाउँमा झडपको अवस्था पनि सृजना भएको अवस्थाहरु रहेका छन् । काभ्रेको तेमाल गाउँपालिका पनि यो घटनाबाट अलग हुन सकेको छैन ।

तेमाल गाउँपालिकामा अघिल्लो स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट सलाम सिं तामाङले विजय हासिल गरेका थिए । त्यसबेला प्रतिध्वन्दीकोरुपमा नेकपा (एमाले) नै उभिएको थियो । अहिलेको स्थानीय तहको निर्वाचनमा पनि नेकपा (एमाले) नै नेपाली कांग्रेस, माओवादी र एकिकृत समाजवादीका लागि चुनौती पहाड भएर उभिरहेका छन् ।

पाँचदलीय गठबन्धनबाट नेपाली कांग्रेसको भागमा परेको तेमालमा अध्यक्षमा चन्द्र लामा रहेका छन् भने माओवादीबाट डिएम लामा (दल बहादुर थोकर ) उपाध्यक्षमा रहेको छ । यी दुई नेतालाई जिताउन पाँचदलीय गठबन्धन कुनै पनि सभा वा आमसभामा एकै चोटि हुल बाधेर पुगेको देखिदैन । कांग्रेस आफ्नै तरिकाले आम सभामा पुगिन्छ भने माओवादी पनि आफ्नै तरिकाले सभामा जाने गरेको छ । नेकपा माओवादीका नेताले नेपाली कांग्रेसको झन्डा बोकेको देखिदैन भने नेपाली कांग्रेसले नेकपा (माओवादी) को झन्डा बोकेर भोट माग्दै हिडेको छैन भने नेकपा (एकिकृत समाजवादी) गठबन्धनको कुनै पनि कार्यक्रममा सहभागी भएको छैन ।

नेकपा (एमाले)को तर्फबाट तेमाल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा चुनिएका इन्द्र लामा र सम्तेन लामा निंधक्कासाथ प्रत्येक वडाको टोल टोलमा घरदैलौ अभियान गरेर सुर्यमा भोट हाल्न अनुरोध गर्दै सयौं कार्यकर्ताहरुको साथमा पुग्ने गरेको छ । यो समाचार तयार पारिरहदा तेमाल वडा नं. ६ ठुलो पर्सेलमा घरदैलो सकेर वडा नं. ७ दुल्खुमा पुगेको छ । समृद्ध तेमालको एजेन्डाहरु जनताको समक्ष प्रस्तुत गर्दै नेकपा (एमाले)का नेता कार्यकर्ताहरु गाउँवस्तीमा बास वसिरहेका छन् ।

तेमालमा नेपाली कांग्रेस, नेकपा (माओवादी), र नेकपा (एकिकृत समाजवादी)को समर्थक र पहिलेको पुरानो मत गणना हेर्ने हो भने अत्याधिक मत ल्याएर गठबन्धनको जित हुनेछन् तर साँच्चिकै गठबन्धन भएको छ त ? प्रश्न चौतर्फी उठिरहेका छन् । सामान्य उदाहरण कसरी हेर्न सकिन्छ भने बैशाख २१ ठुलो पर्सेलमा भएको गठबन्धनको आमसभाबाट नै प्रस्टयाउन सकिन्छ । बैशाख २१ गते बिहाना नेपाली कांग्रेस वडा नं. ६ को वडा उम्मेदवारी विकुलाल तामाङ लगाएतको टिमले गठबन्धनको अध्यक्ष र उपाध्यक्षलाई स्वागत गरे तर त्यस सभामा माओवादीको तर्फबाट ठुलो पर्सेलको कुनैपनि नेता तथा कार्यकर्ता सहभागी थिएन । त्यस्तै सोही दिन दिउँसो नेकपा (माओवादी)ले आयोजना गरेको कोण सभाको अवस्था पनि त्यही थियो । ति दुवै सभामा आ–आफ्नो पाटीको झन्डा बाहेक अरु झन्डा राखेको थिएन । साकेतिकरुपमा एक कुनामा सानो झन्डा राख्ने गरेको पाइयो । यसबाट के प्रस्ट हुन्छ भने केन्द्रबाट घोषितरुपमा गठबन्धन भएतापनि तेमाल गाउँपालिकामा गठबन्धन भएको छैन भन्दा फरक नर्पाला ।

तेपाल गाउँपालिका स्तरका माहोल हेर्दा सुर्य उदाएको गठबन्धन सेलाएको अनुमान लगाउन सकिन्छ । गठबन्धन किन सेलाएको छ भने नेकपा (एमाले)को भन्दा दुई गुना मत संख्या गठबन्धनसँग रहेको हुनाले जित सुनिश्चित भएको हुँदा तडक भडकमा खासै चासो नदिएको होकि भन्ने तेमालको राजनीति बुझ्नेहरुको अनुमान छ तर परिणमा गठबन्धनले सोचे अनुरुपको हुन नसक्ने पनि दाबी रहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »