सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पर्यटन व्यवसायी निरध्वज लामा काभ्रेको रोशी वडा नंं.५ मा अत्याधिक मत ल्याएर विजय

काठमाडौँ । काभ्रेको रोशी गाउँपालिका वडा नं. ५ मा नेकपा (एमाले)को उम्मेदवार निरध्वज लामाले अत्याधिक मत ल्याएर विजय भएको छ ।

पर्यटन व्यवसायी तथा युवा नेता निरध्वज लामा २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा थोरै मतले नेकपा (माओवादी केन्द्र) को उम्मेदवारसँग हारेका थियो । यही बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा ५६९ मत ल्याएर विजय भएको हो । उहाँको प्रतिद्घन्दी नेपाली कांग्रेसको उम्मेदवार दावा लामाले २९४ मत प्राप्त गरेको छ ।

लामो समयसम्म पर्यटन व्यवसायमा लागेका निरध्वज लामाले विभिन्न समयमा रोशी गाउँपालिका वडा नं. ५ का जनताको हरेक दुःख सुखमा साथ र सहयोग गर्दै सामाजिक हितका निम्ति कार्य गर्दै आइरहेका थिए । नेकपा (एमाले)को विभिन्न तहमा बसेर लामो समयसम्म राजनीतिक जीवन विताएका युवा नेता निरध्वज लामा निष्ठावान, इमानदार र स्वच्छ छवि भएको नेताका रुपमा चिनिन्छन् । युवा नेता निरध्वज लामाको विजयसँगै गाउँको विकासमा धेरै राम्रो हुने स्थानीय जतनाले विश्वास लिएका छन् ।

रोशी गाउँपालिकामा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसको उम्मेदवार दिनेश लामा र नेकपा (माओवादी केन्द्र)को मिम बहादुर लामा (उज्जल) क्रमश अध्यक्ष र उपाध्यक्षमा निर्वाचित भएको छ ।

नतिजा सार्वजनिक भईसकेको छ । गठबन्धनबाट नेपाली कांग्रेसको उम्मेदवार दिनेश लामा अध्यक्षमा र माओवादीको तर्फबाट मिम बहादुर लामा ( उज्जल) उपाध्यक्षमा निर्वाचित भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »