तोक बहादुर गधराज (तोकेन्द्र)
कुनै बेला माओवादी जनयुद्धको उद्गम स्थल भनेर रोल्पा लाई मानिन्थ्यो भने पुर्वको रोल्पा भनेर सिन्धुपाल्चोकलाई चिन्ने गरिन्थ्यो ।
कम्युनिष्ट आन्दोलनमा सिन्धुपाल्चोकको भुमिका कहिल्यै कमजोर भएन । पिस्कर हत्याकाण्ड जस्ता कहालि लाग्दा घटनाले सिन्धुपाल्चोकको राजनैतिक आन्दोलनलाई अझ स्पातिलो बनाएको ईतिहास हामि सामु छर्लङ्ग छ ।
माओवादी जनयुद्धकै क्रममा पनि सिन्धुपाल्चोकले आफ्नो बलिदानिको कोटा चुक्ता गरेकै हो ।
सयौं होनाहार योद्धाहरु गुमाउँद,ै कयौं योद्धाहरुको अंग भंग भएको हेर्न बाध्य सिन्धुपाल्चोक ले नेपालको राजनैतिक परिवर्तनको लागि खेल्नुपर्ने भुमिकामा कहिँ कतै पनि कमि हुन दिएको छैन ।
जनयुद्ध र जनयुद्धको जगमा भएको १९ दिने जनआन्दोलन लगाएत बिभिन्न राजनैतिक घटनाक्रमहरु बाट सिन्धुपाल्चोकमा थुप्रै युवा नेतृत्वहरुको समेत जन्म भयो ।
राजनैतिक र सैदान्तिक दृष्टिकोणमा मञ्चबाट घण्टौ प्रशिक्षण र भाषण गर्न सक्ने कम्युनिष्ट नेतृत्वहरु बाट सिन्धुपाल्चोकका जनताहरुले आसा र भरोसा गर्दै २०६४ सालको निर्वाचनमा अत्यधिक मत दिएर नेतृत्वहरुलाई निति निर्माण गर्ने ठाउँ सम्म नपुर्याएको पनि होईन ।
बाढी पहिरो, भुकम्प, कोरोना लगायतका बिभिन्न प्रकृतिक प्रकोपहरुको बिचमा पनि माओवादीको भुमिका प्रशंसनिय नै रहेको थियो ।
शान्ति प्रकृया पछि माओवादी आन्दोलन भित्र देखा परेको अर्थवाद र विसर्जनवादी प्रवृतिले सिन्धुपाल्चोक लाई पनि अछुतो राख्न सकेन ।
“हाम्रो आन्दोलन स्थापित हुँदै जाँदा सत्ता आउँछ , सत्ता आएपछि भत्ता आउँछ , भत्ता आएपछि मत्ता लाग्छ र बिस्तारै पत्तासाफ हुने बाटोमा गईने छ ।” भनेर बन्द प्रशिक्षणमा भनेका वाक्यांशहरु ब्याबहारत पुष्टि हुँदै गयो ।
टुट फुट र एकताको बहनामा करीब १० बर्ष नेपाली कम्युनिष्ट आन्दोलन अलमलियो । ठिक यहि अबस्थामा अन्तराष्ट्रिय शक्ति केन्द्रको चलखेल बढ्यो । यस बाट सिन्धुपाल्चोक पनि अछुतो रहन सकेन ।
टुट फुट र बिचलन बाट अलमलिएको सिन्धु कम्युनिष्ट आन्दोलनले गत स्थानिय निर्वाचन २०७४ मा पनि सोचे जति स्थानमा जित हासिल गर्न सकेन ।
गत निर्वाचन पश्चात भएको पार्टी एकिकरण काण्डले कार्यकर्ता को मन अझ कुड्याउने काम भयो ।
पार्टीको तर्फबाट प्रभावकारी भुमिका निर्बाह हुन नसकेको स्विाकार गर्दै भएको आठौं राष्ट्रिय महाधिवेशन बाट नयाँ निति र सक्षम नेतृत्व त्यसमाथि पनि युवा नेतृत्व लाई जिम्मेवारी दिएर अगाडी बढ्ने पार्टीको नितिले आम नेता ,कार्यकर्ता तहमा एक किसिमको उर्जा पलाएको थियो । त्यो उर्जालाई प्रयोग गर्दै स्थानियतहको निर्वाचनमा जाने मनस्थिति बनाएर बसेका स्थानिय नेता कार्यकर्ता लाई गठबन्धनको नाराले निराश बनायो ।
निर्वाचन आयोगमा मनोनयन दर्ता गर्नुभन्दा १ घण्टा अगाडी मात्रै थमाईएको टिकटले पार्टी भित्रकै आकांक्षिहरुको मन कुडियो । गठबन्धन गरेका स्थानहरुमा कार्यकर्ताहरु बिचलित भए । यस्तो अस्वभाबिक अवस्थामा स्थानिय निर्वाचन मा जानु त्यो क्षेत्रको कमाण्ड गरीरहेका नेतृत्वको लागि कम चुनौति पुर्ण थिएन ।
सभामुख सहित आधा दर्जन जति पार्टी केन्द्रिय सदस्य रहेको सिन्धुपाल्चोक जिल्लाको स्थानिय निर्वाचन २०७९ को नतिजा लाई मध्यनजर गर्ने हो भने को को केन्द्रिय नेताको भुमिकामा के के कमि रह्यो समिक्षा गर्न जरुरी भएको देखिन्छ ।
समग्रमा हेर्दा अघिल्लो स्थानिय निर्वाचनमा जम्मा २ वटामात्र जित हात पारेको माओवादीले यो पटक ४ वटा पालिका हात पारेको छ तर वडा तहमा भने गुमाउन पुगेको छ ।
सिन्धुपाल्चोक १ (ख) मा चौतारा साँगाचोकगढी नगरपालिका ,बलेफि गाउँपालिका जुगल गाउँपालिका, १ (क)मा लिसंखु पाखर गाउँपालिका मा प्रमुख पद जित्नु चान्चुने कुरो हैन ।सुनकासी गाउँपालिका मा समेत एमालेले माओवादीलाई राम्रै प्रयोग गरेर जित हासिल गरेको देखियो,माओबादिको समर्थन मा एमाले ले प्रमुख पद जित्न सफल भयो । वडा हार्दापनि पालिका जित्नु १०० प्रतिसत नभएपनि केहि प्रतिशत सफल भएको मान्न सकिन्छ ।
१२ वटा पालिका रहेको यो जिल्लामा प्रतिनिधि शभा १ को ख मा पर्ण र १ क मा आंशिक रुपमा मात्र माओवादी कुटनैति रुपमा सफल भएको देखिन्छ बाँकि क्षेत्रमा किन हुन सकेन समिक्षा होला तर यसको मुख्यकारण पार्टी संगठन भित्रकै ब्यक्तिहरु मा बिस्वसनियता नहुनुनै प्रमुख कारणको रुपमा लिन सकिन्छ ।
बिभिन्न बहना बाजि गरेर पार्टी भित्रै बार्गेनिङ गर्ने प्रवृतिको अन्त्य नभए सम्म यस्ता दशौं चुनाव सकिदा पनि माओवादीले आफ्नो स्थिति सुधार्न सक्ने अवस्था छैन ।
पार्टी परिवर्तन र स्थानिय नेतृत्वमा हुनुपर्ने विस्वसनियता स्थिर नहुँदा सम्म पार्टीले क्षेति बेहोरीरहनु पर्ने अवस्था नआउला भन्न सकिन्न ।
समग्रमा हेर्दा सिन्धुपाल्चोकका माओवादी युवा तथा प्रभावशाली नेता माधव सापकोटा (सुवोध) लाई यति बेला कुटनैतिक हिसाबमा सफल मान्न सकिने अवस्था श्रृजना भएको छ । प्रतिनिधि शभा १ को ख मा मात्र माओवादीले आफ्नो सिट सुरक्षित गर्न सफल हुँदा यसको श्रेय सुवोध लाई जानु स्भाविक पनि हो ।
आसा गरौं सबैको आ–आफ्नो कार्यक्षेत्र को समिक्षा होला , आलोचना होला , आत्माआलोचना गरीएला , स्पष्टिकरण सोधिएला , ब्यापक अन्तर संघर्ष बाट पार्टी भित्र शुद्धिकरण अभियान चल्ला र संगठन शुदृढिकरण भएर बलियो र एक ढक्का भएको पार्टी बन्ला ।
आसा गरौं अहिलेका स्थानियतहका उम्मेदवार हरुले भोग्नु परेजस्तै जातिय बिभेद , आफ्नो स्वार्थ अनुकुल नहुँदा हुने अन्तरघातले गर्दा भएको पराजय अर्को निर्वाचनमा आउने उम्मेदवारले भोग्नु पर्ने छैन ।