राजविराज । प्रहरी नियन्त्रणमा रहेका एकजना थुनुवा हत्कडीसहित फरार भएका छन् । काचनस्थित प्रहरी चौकीबाट महेश यादव आइतबार फरार भएका हुन् ।
अत्यधिक मदिरा सेवन गरी उनले आत्महत्याको प्रयास गरेको र श्रीमतीले रोक्न खोज्दा कुटपिट गरेको पाइएपछि प्रहरीले शनिबार राति उनलाई पक्राउ गरेको थियो ।
जिल्ला प्रहरी प्रमुख एसपी कृष्ण प्रसाईंले यादव प्रहरीलाई झुक्याएर फरार भएको बताए ।