नेपालगञ्ज, पहिलो कार्याकालयमा विकासप्रेमी वडा अध्यक्षको रुपमा चर्चामा आउनुभएका नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष दिपक वर्माले दोश्रो कार्यकाल पनि दमदार सुरुवात गर्नुभएको छ ।
नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष वर्माले मंगलबार पदभार ग्रहणपछि दुईवटा महत्वपूर्ण निर्णय गर्नुभएको छ । वडा कार्यालयले आगामी आर्थिकवर्षदेखि लागु हुने गरि वडामा स्थायी बसोबास गर्ने पूर्ण अपांगता भएका ब्यक्तिहरुको विमा गरिदिने भएको छ ।
वडा कार्यालयले विमा गरिदिएपछि पूर्ण अपांगता भएका ब्यक्तिहरुले एकवर्षमा एकलाख रुपियाँ सम्म उपचार खर्च पाउनेछन् । यसैगरी वडा कार्यालयले वडामा स्थायीरुपमा बसोबास गर्ने महिलाहरुलाई सुत्केरीको समयमा पोषणमा सहयोग गर्ने उद्धेश्यले दुई हजार रुपियाँ उपलब्ध गराउने निर्णय गरेको छ ।