काठमाडौं । काठमाडौं उपत्यकाको ठुलो समस्याको रुपमा रहेको फोहर मैला ब्यबस्थापन र वातावरणीय प्रदुषण न्युनिकरणको क्षेत्रमा सहजता कायम गर्ने उदेश्यका साथ गठन गरिएको स्वतन्त्र नागरिक वातावरण सफाइ अभियानले आज बाट आफ्नो औपचारीक कार्यक्रमको शुभारम्भ गरेको छ ।
पछिल्लो समय काठडमाडौं उपत्यकामा मात्र २ दर्जन जति सफाई अभियानहरु सकृय छन् । त्यसको बिचमा यो नयाँ अभियान थपिएको हो ।
लामो समय वातावरणीय प्रदुषण न्युनिकरण सम्बन्धि कार्यक्रमको सकृय अभियन्ताको रुपमा कामगरेका तथा युवा समाजसेवी मुकुन्द सिलवालको संयोजकत्वमा गठन भएको सो अभियानले आज बालाजु बाईपास बाट फोहर लाई श्रोतमै ब्यबस्थापन गर्ने सम्बन्धि जनचेतना तथा सडकमा फालिएका फोहर को ब्यबस्थापन गरेर आफ्नो अभियानको शुभारम्भ गरेको हो ।
कार्यक्रममा प्रहरी वृत बालाजु , काठमाडौं महानगरपालिका प्रहरी , काठमाडौं महानगरपालिका वडा नं १६ मा रहेका बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु , त्यस क्षेत्रमा फोहर ब्यबस्थापनको कार्य गर्दै आएको ग्रीन सिटी सेनिटेसन प्रा.लि. लगायत वातावरणप्रेमी अभियन्ताहरुको सकृय सहभागिता रहेको थियो ।
कार्यक्रममा उपत्यका सडक बिस्तार पीडित संघर्ष समितिका अध्यक्ष तथा स्थानिय तह निर्वाचन २०७९ मा काठमाडौं महानगरपालिकाको मेयर पदको प्रयासी सुमन सायमी , वातावरण कै क्षेत्रमा लामो समय संघर्षरत संस्था ईपान का अध्यक्ष सुदर्शन प्रधान , ग्रील तथा स्टील ब्यबसायी महासंघका प्रथम उपाध्यक्ष ठुलो बाबु श्रेष्ठ , प्रगतिशिल नागरिक मञ्चका अध्यक्ष रबिन्द्र कुमार श्रेष्ठ, सकृय अभियन्ताहरु बिकास श्रेष्ठ , बिकास रन्जित, महेश्वर मानन्धर ,उषा सिंखडा,सिर्जना रुपाखेती , दिनेश श्रेष्ठ ,भ्रष्टचार बिरुद्ध नागरिक अभियानका महासचिव अर्जुन के.सी. , संचारकर्मी राकेश कायस्थ , समाजसेवी च्याङ्बा तामाङ, नेप्सेम्याक का एकराज सुबेदी ,बिद्यार्थि नेता रामचन्द्र सिर्मल, समाजसेवी बाबु बैद्य लगाएतको उपस्थिति रहेको थियो ।
बालाजु बाईपास बाट शुरुभएको कार्यक्रम बाईसधारा गेट ,प्रहरी चौकी हुँदै औद्योगिक क्षेत्र बालाजुको गेट सम्म पुगेर समापन भएको थियो ।
बिगत केहि समयदेखि नुवाकोटको ल्याण्डफिल्ड साईडमा त्यहाँका स्थानिय बासिन्दाले फोहर लान नदिएपछि काठमाडौंको चोक र गल्लिहरुमा फोहर थुप्रन थालेको छ । यसलाई मध्यनजर गर्दै आफ्नो घर र भान्साबाट निस्कने फोहरलाई उचित ब्यबस्थापन गर्न र सडकमा जथाभावी नफाल्न आम नागरिकलाई यो अभियानले सचेत गराएको छ ।
अभियानको नाममा अभियान र अभियन्ता जन्माउने नाममा अभियान गर्ने प्रचलन बढीरहेको अवस्थामा यो अभियानले अरु अभियान भन्दा पृथक कामगरेर देखाउने संयोजक सिलवालको दावी छ ।
कार्यक्रम सफल बनाउन सोनिग फुड्स ले साउण्ड सिस्टम , सिल्भर लाइन अस्पताल बालाजुले माक्श र पन्जा , ग्रीनसिटी सेनिटेशन प्रा.लि. ले फोहर ब्यबस्थापनको गाडी र आबश्यक जनशक्ति उपलब्ध गराएको थियो ।
आगामी दिनहरुमा समेत सहकार्य गरेर अगाडी बढ्न सिल्भर लाइन अस्पताल र बिभिन्न फोहर ब्यबस्थापन कम्पनिहरुले सहमती जनाएको आयोजक पक्षले जनाएको छ ।