काठमाडौं । ग्रील तथा स्टील ब्यबसायीहरुको उत्थानमा महत्वपुणर् भुमिका निर्वाह गर्दै आएको संस्था ग्रील तथा स्टील ब्यबसायी संघ काठमाडौं अन्तरगत बल्खु ,कलंकी , किर्तिपुर, दक्षिणकाली, थानकोट इकाई समितिले चन्द्रागिरी नगरपालिकाबाट स्थानियतह निार्वचन २०७९मा विजयी हुनुभएका जनप्रतिनिधिहरु संग अन्तरकृया तथा शुभकामना प्रदान गर्ने कार्यक्रम गर्ने भएको छ ।
कार्यक्रम यहि मिति २०७९ जेष्ठ २८ गते शनिबार गर्जुधारा सानो मन्दिर मा रहेको डिभि पार्टी प्यालेसमा बिहान १२ः१५ बाट शुरुहुने आयोजक ले जानकारी गराएको छ ।
संगठनको काठमाडौं जिल्ला को पश्चिम क्षेत्रअन्तरगत पर्ने सो इकाईले त्यस क्षेत्रबाट विजयी हुनुहुने जनप्रतिनिधि तथा ब्यबसायीहरु बिच सुमधुर सम्बन्ध कायम राख्न तथा हरेक कार्यमा सहजता बनाउन यो कार्यक्रमको आयोजना गरीएको बताएको छ ।
आम ब्यबसायी र जनप्रतिनिधि बिचमा परिचय गराउनु तथा ब्यबसायीहरुको समस्यालाई जनप्रतिनिधिहरुको बिचमा राखेर समाधानको कानुनी र ब्यबहारीक पक्षको खोजिगर्नु एकदमै आवश्यक भएको ले यो कार्यक्रम आयोजना गरीएको ग्रील तथा स्टील ब्यबसायी संघ काठमाडौं अन्तरगत बल्खु ,कलंकी , किर्तिपुर, दक्षिणकाली, थानकोट इकाई समिति का अध्यक्ष दिनेश कुमार दाहाल ( दारी बा ) ले बताउनु भयो ।
कार्यक्रममा चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरी लगायत सबै जनप्रतिनिधिहरुलाई निमन्त्रणा गरीएको आयोजक संस्थाले बताएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्न ग्रील तथा स्टील ब्यबसायी महासंघका प्रथम उपाध्यक्ष ठुलोबाबु श्रेष्ठ प्रमुख अतिथिको रुपमा आउने अध्यक्ष दाहाल ले जानकारी गराउनु भयो । प्रमुख अतिथिको रुपमा आउने ठुलोबाबु श्रेष्ठ ग्रील तथा स्टील ब्यबसायी महासंघका भावी अध्यक्षको दावेदार भएको बुझीएको छ ।
कार्यक्रममा ब्यबसायी संघको तर्फबाट महासंघ , काठमाडौं जिल्ला संघ , क्षेत्रिय संघ तथा इकाईका अध्यक्ष वा प्रतिनिधिहरुको समेत उपस्थिति रहने छ ।