सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाँकेमा अत्याधिक गर्मीका कारण ५ दिन विद्यालय बन्द

नेपालगन्ज, अत्यधिक रुपले गर्मी बढ्दै गएपछि बाँकेका केही स्थानीयले बिद्यालय बन्द गर्ने निर्णय गरेका छन् । नेपालगन्ज उप–महानगरपालिका, कोहलपुर नगरपालिका र खजुरा गाउँपालिकाले बिद्यालय बन्द गर्ने निर्णय गरेका हुन् ।
गर्मी अत्यधिक रुपले बढेका कारण पठन पाठनमा समस्या आएकाले पाँच दिनका लागि बिद्यालयको पठन पाठन बन्द गर्ने निर्णय गरिएको शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख गोरख बहादुर थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार यही जेठ २७ देखि जेठ ३१ गतेसम्म बिद्यालयको पठन पाठन बन्द गरिनेछ । नगर प्रमुख प्रशान्त विष्टले आम अभिभावकको अनुरोधको आधारमा शिक्षा सम्वद्ध संघ संस्थासँग समन्वय गरि विद्यालय बन्द गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।
कोहलपुर नगरपालिकाले पनि शिक्षासँग सम्बद्ध विभिन्न सरोकारवाला संघ संस्थासँग समनवय गरि विद्यालय बन्द गर्ने निर्णय गरिएको जनाएको छ । मौसममा सुधार भएमा विदाको समय परिवर्तन हुन सक्ने सूचनामा उल्लेख
गरिएको छ । परीक्षाका कार्यक्रम भने नियमित हुने भएका छन् ।

May be an image of text

यस्तै जिल्लाको खजुरा गाउँपालिकाले पनि सबै बिद्यालयको पठन पाठन बन्द गर्ने निर्णय गरेको छ । शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खगेन्द्र बहादुर मल्लले अत्याधिक गर्मी बढेर पठन पाठनमा समस्या आएपछि यही जेठ २७ गतेदेखि जेठ ३१ गतेसम्म गर्मी विदा गरिएको जानकारी दिनुभयो । पूर्व निर्धारित परीक्षा र अन्य प्रशासनिक कार्यका लागि प्रशासनिक कक्ष खुला राखिने गाउँपालिकाले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »