नेपालगन्ज, बाँकेको राप्ती नदीमा बेपत्ता भएका दुई जनाको बिहिवार शव फेला परेको छ । हुम्ला, सिमिकोट गाउँपालिका–८ घर भइ हाल नेपालगन्ज–१ धम्बोझीमा कोठा भाडामा बस्ने १८ वर्षका त्रिबल शाही र लेकराज छन्त्यालको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बुधबार घरबेटीको मलामीका लागि राप्ती नदी गएका उनीहरु घर नफर्केपछि साँझ ६ बजेतिर खोजी गर्दा नदीको छेउमा दुई जोडा कपडा र एउटा मोबाइल फेला परेकोले नुहाउने क्रममा नदिमा बेपत्ता हुनसक्ने आशंका गरिएको थियो ।
उनीहरुको बिहीबार बिहान खोजी गर्दा राप्ती नदिमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरिक्षक
९डिएसपी० मधुसुदन न्यौपानेले जानकारी दिनुभयो । उनीहरु पौडी खेल्ने क्रम डुबेको हुन सक्ने प्रहरीको आशंका छ । प्रहरीका अनुसार दुबै जना नेपालगन्जको धम्बोझी मा।बि।बाट कक्षा १२ को परिक्षा दिएर बसेका थिए ।