नेपालगञ्ज,नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष दिपक वर्मा निर्वाचित भएलगत्तै विकास निर्माणमा सक्रिय भएर लाग्नुभएको छ । पहिलो कार्यकालमा विकासप्रेमी वडा अध्यक्षको छवी बनाएका वडा अध्यक्ष वर्मा दोश्रो कार्यकालको सुरुवातदेखि नै विकास निर्माणमा सक्रिय भएर लाग्नुभएको छ । वर्माको अग्रसरता र नेतृत्वमा बजेट विनियोजन भएको करिब दुई किलो मिटर लम्बाईको सडकको शिलान्यास भएको छ । सोल्टी होटलदेखि नागरिक टोल हुँदै डोल्पाली टोल, लग्दहवा गाउँ हुँदै बाईपासरोड बसपार्क जोड्ने एक हजार ८०० मिटर लम्बाईको सडकको शनिबार वडा अध्यक्ष वर्माले शिलान्यास गर्नुभयो ।
वडा अध्यक्ष वर्माले वडामा अन्य टोलमा पिसिसी तथा कालेपत्रे सडक निर्माणका योजना सञ्चालन भईरहेको जानकारी दिनुभयो । आगामी आवका लागि वडासहित उपमहानगरपालिका, प्रदेश र संघबाट पनि योजना समावेश गर्न पहल गरिरहेको भन्दै उहाँले वडाबासीका माग क्रमश पुरा गर्नेतर्फ लागिपरेको बताउनुभयो । वडा सदस्य दिग्विजय ढुंगानाले वडाबासीको सहभागितामा सडक शिलान्यास गरिएको जानकारी दिनुभयो ।