काठमाडौँ । बौद्ध मार्गीहरुले आज अन्तिम दिन स्वयम्भु र बौद्धलाई परिक्रमा गरी “सागा दावा” मनाउँदै छन् ।
भगवान बुद्धले बोदिसत्व प्राप्त गरेको दिनको तिथिलाई मानेर १५ दिन अगाडी देखि नै सागा दावा मान्ने लामा भिक्षुहरुले बताउनु भएको छ । सागा दावाको समयमा बौद्ध र स्वयम्भुको कोरवा (परिक्रमा) गरियो भने विभिन्न प्राणीहरुको आत्मले शान्ती मिल्ने, पाप कर्म गरेको छ भने पाप मोचन हुने र पुण्यको कार्य गरेको छ भने चार गुुणा धर्म कमाउने धार्मिक विश्वास रहेका छन् तर नेपालमा बेशाख पुर्णिमा लाई मान्ने कि जेठ पुर्णिमाको दिनलाई मान्ने बन्ने बहसको विषय भएको छ ।
नेपाली क्यालेन्डर अनुसार बैशाख पुर्णिमा अर्थात सागा दावा सकि सकेको छ तर जेठ पुर्णिमाको दिनलाई तिथि मानेर बौद्ध र स्वयम्भुलाई परिक्रममा गरी सागा दावा मान्नेहरुको भीड छन् ।
सागा दावाको बारेमा लामा कुमार थोकर तामाङको भनाई यस्तो छ । “त्रिसंयोग दिवस भन्नाले क्रमश १) तथागत् भगवान् गौतम बुद्ध नेपालको लुम्बिनीमा सिद्धार्थ बोधिसत्वको रूपमा जन्म ग्रहण गर्नुभएको, २) भारतको बोधगयामा महान् त्यागी सिद्धार्थ गौतमले प्राणी मात्रका हित सुखका लागि सम्यक सम्बोधि लाभ (बुद्धत्व प्राप्त) गर्नु भएको र ३) त्यसैगरी भारतकै कुशीनगरमा भौतिक शरीर त्यागी महापरिनिर्वाणमा प्रवेश गर्नु भएको बैशाख पूर्णिमा सागा दावाको पूर्णिमाकै दिनमा परेकोले यो बैशाख महिना (सागा दावा) लाई बौद्ध धर्मावलम्बीहरूले विशेष महिनाको रूपमा मान्ने गरेको पाइन्छ ।” उहाँ थप यसो भन्नु हुन्छ । “औंसी देखी १५ दिन अर्थात पुर्णिमा सम्मलाई विशेष मानिन्छ,भोलि पुर्णिमा हो। स्वयम्भू १३ परिक्रमा बौद्ध स्तूप १०८ पटक परिक्रमा गर्ने दिन आज राती हो ।”
यसैगरी तामाङ पत्रकार संघको महा सचिव तथा संचारकर्मी तिर्थमान बलको भनाई भने यस्तो छ । “खासगरी छोटकरीमा भन्नू पर्दा तिब्बतीयनहरुले साङगे च्योम्दन्देरशाक्यमुनी बुद्धको जिवनमा भएको ३ महा संयोग (जन्म,ज्ञान प्राप्ति र परिनिर्वाण) भएको दिनरमहिनालाई सागादावाको रुपमा मान्दछन । त्यसो हो भने साँच्चिकै यो बर्षको बुद्ध जयन्ती जेठ ३१ गते हो त ? यो विषयमा हामिले बुझ्न जरुरी छ। संसारका सबै बुद्धिस्ट रास्ट्रहरु (विशेषगरि श्रीलंका, म्यान्मार,जापान र चीन समेत ) ले बुद्ध जयन्ती बैशाख पुर्णिामाको दिन (एक महिना अगाडि नै) मनाइसकेको छ। यो कुरा अब हामी सबैले बुझ्न जरुरी छ की तिब्बती पात्रो (छुर्लुक,फुग्लुग) को कारण यस्तो हुन गएको हो । तिब्बती पात्रो अरु पात्रो भन्दा एक महिना ढिलो छ। तिब्बती पात्रोमा मलमास जोढ्ने परम्परा एक महिना ढिलो भएको कारण यस्तो भएको हो । बिशेष गरि ग्याल्पो ल्होछारको पछाडी कुद्ने तामाङ मित्रहरुले यो पात्रोको विषयमा बुझ्न जरुरी देख्छु। अनि अर्को कुरा २०७९ सालको सागादावा बैशाख पुर्णिमाको दिन परेको थियो र २०८० साल अर्थात आगौं को सागादावा पनि बैशाख पुर्णिामाकै दिन पर्छ। यसपाली जेठ पुर्णिामाको दिन पर्ने तिब्बती सागादावा आगौं किन र कसरी बैशाख पुर्णिामाको दिन पर्छ ? बुद्ध जयन्ती पनि कुनै बर्ष बैशाख पुर्णिमाको दिन, कुनै बर्ष जेठ पुर्णिमाको दिन पर्छ र ?
माथिको दुई तर्कले के देखाउछ भने अब नेपालमा तिब्बतको क्यालेन्डरलाई मानेर सागा दावा मान्ने या अन्य बोदिधर्मले निमार्ण गरेको क्यालेन्डर अनुसार सागा दावा मान्ने ? यसरी नेपाली समय अनुसार भन्ने हो भने सागा दाबा एक महिना अगाडी नै सकिसकेको छ । जे जस्तो भएता पनि यो पंक्तिकारले सागा दावा मान्न आउने केही धर्मवलम्बीहरुसँग सोधेका थियौ । तपाईहरु किन आउनु भएको ? उहाँको एउटै उत्तर थियो । “हरेक प्राणीहरुको आत्मले मुक्ति मिल्छ भन्ने विश्वास भएको हुनाले मुक्तिका लागि कोरा गर्न आएको हो । ”
सामाकोशीमा बसोबास गर्दै आउनु भएकी विन्दु चापागाईलाई बौद्धमा परिक्रमा गर्दै गरेको भेटिन् । उहाँलाई तपाई चाहि किन आउनु भएको ? भनेर प्रश्न गर्दा यसो भन्नु हुन्छ । “मलाई बौद्ध धर्मको धेरै कुराहरु मन पर्छ । हुन त म हिन्दु परिवारमा हुर्केकी हुँ तर पनि किन किन बौद्ध धर्म मन पर्यो । मैले गुरु श्रीधर राणा ह्रिमपोछे बाट करिब एक वर्ष अगाडी वाङ थपिसकेको छु । आज पनि म यहाँ बौद्धको कोरा गर्न आएकी हुँ । हिजो म स्वयम्भुमा पुगेको थियो ।”