नेपालगन्ज, बिरयानीका पारखीहरुका लागि नेपालगन्ज उपमहानगरपालिकामा ताजकृष्ण रेष्टुरेन्ट सञ्चालनमा आएको छ ।
स्थानीय सुर्खेतरोडस्थित एसबिआई बैकको सामुन्ने नेपालगन्ज–२ मा अवस्थित उक्त रेष्टुरेन्टको आज नेपालगन्ज उपमहानगरपालिकाका कार्यबाहाक नगर पप्रमुख कमरुद्धिन राईले उद्घाटन गर्नुभयो ।
लम्कीचुहा नगरपालिका वडा नम्बर १० कैलाली निवासी भुवन जोशी ‘खतिवडा’ ले आफ्नो एकल लगानीमा उक्त रेष्टुरेन्ट सञ्चालनमा ल्याउनुभएको छ ।
रेष्टुरेन्टले नयाँ स्वादमा भारतको चर्चित ‘हैदरावाद दम’ बिरयानी ग्राहकलाई खुवाउनेछ । जोशीले करिव डेढ दशक जति भारतको हैदरावादमै बसेर आफ्नै रेष्टुरेन्ट चलाउनुभएको थियो । त्यहाँ उहाँले क्याटरिङ तथा कुकिङ सम्बन्धी कामको दक्षता प्राप्त गर्नुभयो । हैदरावादी दम बिरयानीका ग्राहकहरु नेपालगन्जमा धेरै रहेको जोशीले बताउनुभयो ।
पछिल्लो समयमा नेपालगन्जमा बिरयानी मन पराउने ग्राहकको संख्या अत्यधिक मात्रामा रहेको छ । हैदरावादी दम बिरयानीको मुल्य प्रतिप्लेट ९ठुलो० २ सय ५० रुपैयाँ पर्ने रेष्टुरेन्टले जनाएको छ ।
उक्त रेष्टुरेन्टमा ‘हैदरावादी दम’ बिरयानीका साथै चाइनिजका भेज र ननभेज आइटमहरु, मटन चिल्ली, मटन–६५, थकाली खाना, मःम, सेकुवा, भुटन, तास, हाँसको छोयला लगायत परिकार उपलब्ध रहेको रेष्टुरेन्ट सञ्चालक जोशीले बताउनुभयो ।
उक्त रेष्टुरेन्टमा ६० लाख रुपैयाँको हाराहारीमा लगानी लागेको उहाँले बताउनुभयो ।