करुणा शर्मा
भनिन्छ शिक्षा मानिसलाई बाटो देखाउने एउटा बलियो मार्ग हो । कुनै विषयमा ज्ञान लिनु वा दिनुलाई पनि शिक्षा भनिन्छ । शिक्षा ग्रहण गर्नको लागि कुनै उमेर, जात, लिङ्ग, धर्म संस्कारले छेक्न सक्दैन । मानिसले जन्म देखि मृत्यु सम्म शिक्षा लिई नै रहेको हुन्छ । शिक्षा बिनाको यो अन्धकारमय संसारको कल्पना पनि गर्न सकिन्न । हामीलाई लाखौं रुपैयाँ खर्च गरेर भएपनि हाम्रा बाबा–आमाले रातदिन घास–दाउरा गर्दै गाउँमा घामपानी नभनीकन खसी पालेर हुन्छ कि गाई भैंसी पालेर हुन्छ कि आफु आधा पेट खाएर भएपनि छोराछोरीलाई उच्च अनि गुणस्तरीय शिक्षा दिन चाहान्छन । जसोतसो छोराछोरीलाई पढाउन चाहान्छन् । गाउँको त्यो भीरपाखा नभनीकन एक्लै काम गर्दै छोराछोरीले पढेर केही गर्लान् कि ऋण काँढेर पढाउन घर भन्दा बाहिर कोठा भाडा तिर्दै राखेका हुन्छन् । आफ्नो छोराछोरी प्रति कति सपना बुनेका ति बाबा–आमाले छोराछोरी वुढेसकालको सहारा हुन्छ की भन्दै पढाई रहेका हुन्छन् । तर बिडम्बना हाम्रो देशको परिस्थिति कस्तो छ भन्ने कुरा के थाहा ? अनि यो देशको अबस्था ।
नयाँ बर्ष, नयाँ कक्षाकोठा नयाँ डे«स अनि नयाँ पुस्तक ? नयाँ पुस्तकबाट आउने मिठो त्यो बास्ना लिएर स्कुल जाने सपना नदेख्ने कमै होलान । नयाँ पुस्तक बोकेर स्कुल जाने सपना देखेका ति नानीबाबुमा के बितिरहेको होला !
हाम्रो देश नेपालको शिक्षा प्रणालीमा किन यति लार्पवाही भईरहेको छ ? शिक्षावाट कति समय बन्जित भैरहने ? जीवनको जति मूल्य छ त्यतिनै शिक्षाको पनि मूल्य छ । यो कुरा किन बुझ्दैन सरकार ? कि बुझेर नि नबुझे जसरी बसेको ? ए सरकार कति बेला खुल्छ तेरो आखा ? कतिपय समुदायका व्यक्तिहरु अझैपनि शिक्षावाट बञ्चित भएका छन् ।
अशिक्षाको कारणले गर्दा अहिले लाखौँ नेपाली युवाहरु बिदेशीन बाध्य भएका छन् । अशिक्षाको कारणले गर्दा र नेपालमा बेरोजगारी भएपछि एउटा सुन्दर सपना बोकेर विदेशिने नेपालीहरु बाकसमा लास भएर नेपाल फर्किन बाध्य छन । कति घरवारविहीन भएका छन् । कति समय सम्म यो बाध्यात्मक परिस्थिति, रहरको स्कुले जिवन अनि ति बाबा आमाको अधुरो सपनाको रमिता हेरेर बस्छस ? आफ्नै देशमा शिक्षाको तह अनुसार उचित खालको सम्मान कहिले हुन्छ ? ए रमिते सरकार !!!!